Thursday, April 15, 2021

हाम्रो बारे

परिचय ः– ग्रामिण संचार विकास प्रतिष्ठान गैर सरकारी संस्था अन्तर्गत रहेको छ जुन गैर नाफा्मुलक संस्था हो । यस संस्थालाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गरि संचालन गरिदै आएका छौ साथै यस संस्थालाई आयकर कार्यालय तथा समाज कल्याण परिषदमा पनि आवद्धता गरिएको छ साथै गैरसरकारी संस्था महासंघको पनि सदस्यता प्राप्त संस्था हो । यस संस्थाले विभिन्न समाजिक कार्यहरु जस्तै खानेपानीको व्यस्थापन, प्रौढ शिक्षा संचालन, संस्कृतिक क्रियाकलाप तथा संविधान निर्माणको क्रममा सुझाव, जस्ता विभिन्न कार्यहरु गदै आइरहेको छ । ग्रामीण क्षेत्रमा बस्ने र आर्थिक तथा सामाजिक रुपमा पछाडि पारिएका जात, जाति तथा समुदायहरुको चेतना अभिबृद्धि गरी समुदायको विकास र प्रजातन्त्रको सम्बद्र्धनका लागि सञ्चार क्षेत्रको आवश्यक ठानी यस संस्था सामुदायिक रेडियो, रेडियोपरिवर्तन नामक एफ.एम संचालनमा छ । समाज परिवर्तनको बाटोमा उत्साहप्रद आशा, दृढ विश्वास र निरन्तर अभियानको संकल्प सहित खुलेको हो— रेडियो परिवर्तन । सामुदायिक भावना, एकताबद्ध प्रयास र सकारात्मक सोच प्रबर्धन गर्न प्रतिवद्ध रेडियो हो—रेडियो परिवर्तन । अनि, हाम्रै गाउँघर, समाज र देश परिवर्तनको सहयात्री हो—रेडियो परिवर्तन । युवा पुस्ताको सहभागीता, सक्रियता र समन्वय यो रेडियोको उत्साहलाग्दो पाटो हो । यो रेडियोका सामग्रीहरु सबै वर्ग, जाती, लिङ्ग, भाषा तथा संस्कार र संस्कृति बोकेकाहरुलाई उत्तिकै सम्मान र उस्तै महत्व दिने खालका छन्। त्यही अनुरुप श्रोताको प्रतिक्रिया एवं रेडियो स्वंयमको आन्तरिक मूल्याङ्कनको आधारमा १५ लाख भन्दा बढी ोताहरुले यस रेडियोलाई सुन्ने गरेको पाइएको छ ।

हाम्रो देश विभिन्न भाषा भाषीहरुको बसोबास रहेको देश हो । ग्रामीण क्षेत्रमा बस्ने र आर्थिक तथा सामाजिक रुपमा पछाडि पारिएका जात, जाति तथा समुदायहरुको चेतना अभिबृद्धि गरी समुदायको विकास र प्रजातन्त्रको सम्बद्र्धनका लागि स्थानीय स्रोत र साधनको अधिकतम उपयोग र स्थानीय जनताको सहभागितामा आधारित परम्परागत तथा आधुनिक सूचना प्रविधि सहितको सञ्चार माध्यमहरुको खाँचो अनुभव गरी यस प्रकारका सञ्चार माध्यमहरुको सञ्चालन तथा विकास गर्ने उद्देश्यले यस संस्थाको स्थापना गरिएको हो । मधेश लाई प्रमुख केन्द्र मानेर मधेशका सबै जिल्लालाई समेटिने गरी स्थानि समुदायको सहयोगमा र लगानीमा यस रेडियो परिवर्तन सञ्चालन भइरहेको छ । यस रेडियोले मधेशका सुनसरी र आसपासका जिल्लाहरु भोजपुर, धनकुटा, मोरङ्ग, उदयपुर, सिराहा, सप्तरी, ईलाम, झापाका केहि क्षेत्र सम्ममा प्रशारण सुन्न सकिन्छ

Popular articles