There are no breaking news at the moment

१ परिचय
समाज परिवर्तनको बाटोमा उत्साहप्रद आशा, दृढ विश्वास र निरन्तर अभियानको संकल्प सहित खुलेको हो—रेडियो परिवर्तन । सामुदायिक भावना, एकताबद्ध प्रयास र सकारात्मक सोच प्रबर्धन गर्न प्रतिवद्ध रेडियो हो—रेडियो परिवर्तन । अनि, हाम्रै गाउँघर, समाज र देश परिवर्तनको सहयात्री हो—रेडियो परिवर्तन ।
युवा पुस्ताको सहभागीता, सक्रियता र समन्वय यो रेडियोको उत्साहलाग्दो पाटो हो । यो रेडियोका सामग्रीहरु सबै वर्ग, जाती, लिङ्ग, भाषा तथा संस्कार र संस्कृति बोकेकाहरुलाई उत्तिकै सम्मान र उस्तै महत्व दिने खालका छन् ।
हामीलाई थाहा छ, समुदायको सशक्तिकरण, विकास र उन्नतीको लागि खुलेको यो रेडियोको प्रबर्धनको लागि यसमा अहिले क्रियाशील समुहको मात्र सक्रियकता पर्याप्त छैन । समुदायकै साझा सम्पत्तिको रुपमा रहेको यो रेडियोको तरङ्गलाई पुर्वाञ्चलको आकाशमा चीरकाल सम्म गुञ्जाईरहन तपाईँहामी सबैको साथ, सहयोग र समर्थन चाहिन्छ ।
रेडियो परिवर्तनमा तपाईँको व्यापार, व्यवसाय वा कारोबारको जानकारी प्रसारण गर्नु भनेको विज्ञापन मात्र होईन, तपाईँहाम्रो साझा प्रयास हो—सामुदायिक सञ्चार उत्थानका लागि । यसले एकातिर रेडियो परिवर्तनलाई दीर्घकालसम्म निरन्तरता पाउन सहयोग पुग्छ भने अर्कोतिर तपाईँकै व्यापार, व्यवसाय र कारोबारलाई बढावा दिन पनि सहयोग पुग्छ । यस किसिमको सहयोग आदानप्रदानका लागि हामीले गरेका व्यवस्था यसै जानकारीको साथमा संलग्न छ ।
२ उद्देश्यहरु
१ समावेशी आवाजको प्रतिनिधीत्व गर्दै नयाँ नेपाल निर्माणमा  उपेक्षित वर्गको पहुचका लागि सम्वाहकको भूमिका निवार्ह गर्ने ।
२ विसंगती विकृति अन्धविस्वास र रुढीवादी चिन्तनलाई निरुसाहित गर्दै वैज्ञानिक अवधारणलाई स्थापित गनर्।े
३ सत्य समाचार स्वास्थ्य मनोरञ्जन सम्प्रेषण गर्ने ।
४ सूचना विज्ञापन र कार्यक्रमको माध्यमवाट स्वादेशी उद्योग ब्यवसाय र ब्यजपारलाई प्रवर्धन गर्ने ।
३ क्षमता
१ प्रशारण प्रभाव क्षेत्र– सुनसरी र आसपासका जिल्लाहरु भोजपुर, धनकुटा, मोरङ्ग, उदयपुर, सिराहा, सप्तरी, ईलाम, झापाका केहि क्षेत्र ।
२ प्रशारण प्रभाव जनसंख्या –लगभग –१५लाख
३ फ्रिक्वेन्सी – ८९.४ मेगाहर्ज ।

४ कार्यक्रम
रेडियो परिवर्तनको उद्देश्य अनुसार समावेशी आवाज सँगै विहान ५ वजे देखि राती १० वजे सम्म दैनिक १७ घण्टा निरन्तर प्रशारण हुने गर्दछ । सामुदायको दैनिकीसँग प्रत्यक्ष जोडिएका स्थानीय समस्याको पहिचान, विकासका सम्भावनाको खोजी र प्रगतिको संरचना रेडियो परिवर्तनको प्राथमिकताका क्षेत्र हुन् । विकास–निर्माण, स्वास्थ्य, शिक्षा, स्थानीय साधनस्रोतको उपभोग र कृषि जस्ता विषयलाई रेडियो परिवर्तनले प्राथमिकताकासाथ प्रसारण गरिरहेको छ । साथै यो रेडियोले स्थानीय भाषा, कला, संस्कृति, लोकसंगीत र साहित्यको विकास एवम् प्रवद्धन गर्नका लागि निरन्तर सूचना र सन्देश प्रवाह गरिरहेको छ । यसले गर्दा पनि रेडियो परिवर्तनको श्रोता सँख्या रेडियो खुलेको केही समयमा नै ह्वात्तै बढेको छ ।

५विज्ञापन तथा सूचना
रेडियो परिवर्तनको मुल उद्देश्य अनुरुप स्वदेशी उद्योग, ब्यवशाय, ब्यापार प्रवर्धनका लागि स्वदेशमा उत्पादित वस्तु व्यवशाय ब्यपारलाई घर–घर, दैलो–दैलोसम्म पु¥याउन र चिनाउन विज्ञापन तथा सूचना समेत सम्प्रेषण गर्ने योजना रहेको  यस रेडियोको  निम्नानुसार दर रेट निर्धारण गरिएको छ जस्लाई विज्ञापन शुल्क भन्दा पनि विज्ञापन प्रशारण सहयोग  राशीको रुपमा कायम गरिएको छ ।

One Comment

  1. Hi, this is a comment.
    To delete a comment, just log in and view the post's comments. There you will have the option to edit or delete them.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*