
शुक्रबार, १९ जेठ २०८०
इन्धनबाट चल्ने सवारी साधनलाई विद्युती बनाउन सुनसरीको इटहरी उपमहानगरपालिकाले अनुसन्धान सुरु गरेको छ । सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेपछि इटहरी उपमहानगरले इन्धनबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा रुपान्तरणका लागि अनुसन्धान सुरु गरेको हो । पहिलो चरणमा दुई वटा पहिलो चरणमा दुई वटा मोटरसाईकललाई विद्युतीयमा रुपान्तरण र विस्तृत अनुसन्धान गर्नका लागि सम्याति इलेक्ट्रो व्हील्स प्रालिसँग सम्झौता गरेको इटहरीका मेयर हेमकर्ण पौडेलले जानकारी दिनुभयो । पालिकाले उपलब्ध गराएको मोटरसाइकललाई विद्युतीय मोटरसाइकल बनाउने सहमती भएको उहाँले बताउनुभयो। संघिय सरकारले मर्मत गरेर उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पुगेका सवारीसाधनलाई लागतका आधारमा विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेको थियो । सोही व्यवस्था अनुसार पहिलो चरणमा अनुसन्धान सुरु गरेको पौडेलले बताउनुभयो । देशमै पहिलो पटक स्थानिय तहले यो कामको सुरुवात गरेको पौडेलको दाबी गनुभएकोछ । सम्याति इलेक्ट्रो व्हील्स प्रालिका सञ्चालक आदित्य आचार्यले छ महिना भित्र २ वटा पेट्रोल मोटरसाइकललाई बिधुतीयमा रुपान्तरण गर्ने बताउनुभयो ।