
सोमबार, १८ भदौ २०८०
इटहरी उप–महानगरपालिकाले मुख्य राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे ई–रिक्सा ९सिटी सफारी० चलाउन रोक लगाएको छ ।
सिटी सफारीहरूले दुर्घटना निम्त्याएकाले मुख्य राजमार्गमा आइतवारबाट प्रतिबन्ध लगाउने निर्णय गरिएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । सिटी सफारीहरू मुख्य सडकमा यात्रुलाई कुरेर बस्ने र जथाभाबी यात्रु चढाउन तथा ओरालेका कारण दुर्घटना बढेको मेयर पौडेलले बताए ।
बाटोमा जाम गरेको र दुर्घटना बढाएको भन्दै इटहरीका मुख्य राजमार्गमा सिटी सफारी गुड्न नदिने निर्णय गरिएको हो । इलाका प्रहरी कार्यालय इटहरी, ट्राफिक प्रहरी कार्यालय, इटहरी उप९महानगरपालिका र सफारी सञ्चालकका नेतृत्वबीच सहमति गरेर राजमार्गमा रोक लगाउने निर्णय भएको उप९महानगरपालिकाले जनाएको छ ।
शुक्रवार इटहरी उप९महानगरपालिकामा बसेको बैठकले इटहरीको मुख्य चोक र राजमार्ग क्षेत्रमा अन्य सवारीसाधन गुड्न पनि असहज भएकोमा सफारीले थप असहज पारेको भन्दै सफारीलाई मुख्य सडकमा निषेध गरिएको ट्राफिक प्रहरी कार्यालय कोशीका डीएसपी मोहनविक्रम दाहालले बताए ।
यसका साथै उप महानगरपालिकाले इटहरीबासीको मात्र सफारी दर्ता गर्ने भएको छ । इटहरीमा मुख्य समस्याका रूपमा देखिएको ई–रिक्सा सवारी कार्यविधि बनेसँगै यातायात व्यवस्थापनमा सहजता हुने देखिएको छ ।साथै, उपमहानगरले व्यवस्थित रूपमा लैजानलाई ई–रिक्सा दर्ता प्रक्रियामा नम्बरिङ पनि गर्ने भएको छ । जसले गर्दा ई–रिक्सा पहिचान गर्न ट्राफिक व्यवस्थापनमा सहजता हुनेछ ।इटहरी भित्र करिब ५ हजार सफारी सञ्चालनमा रहेको भए पनि ११ सय सफारी मात्र दर्ता प्रक्रियामा आएको उपमहानगरले जनाएको छ।