Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home राजनीति

कोशीमा सभामुखको निर्वाचनपछि मात्रै मन्त्रीपरिषद् विस्तार

radio by radio
२ वर्ष अगाडि
in राजनीति, समाचार
0
कोशीमा सभामुखको निर्वाचनपछि मात्रै मन्त्रीपरिषद् विस्तार
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

सोमबार, १८ मंसिर २०८०

कोशी प्रदेशमा रिक्त रहेको सभामुखको निर्वाचनपछि मात्रै मन्त्रीपरिषद् विस्तार गर्ने सत्तारुढ गठबन्धन दलले सहमति गरेका छन् । तत्काल सभामुखको निर्वाचन प्रकिया अघि बढाउने दलहरुको तयारी छ ।१६ साउनमा तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । २१ असारमा सभामुखकै हैसियतमा कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीको नियुक्तीका लागि समर्थन गरेपछि गरेपछि गौतम विवादित बनेका थिए ।सर्वोच्च अदालतले सरकार गठन अवैधानिक भएपछि गौतमलाई १६ साउनमा राजीनामा गराएर गठबन्धनले थापाकै नेतृत्वमा दोस्रो पटक सरकार गठन गरेको थियो । गौतमको राजीनामापछि प्रदेशसभाको कामकाज उपसभामुख सृजना दनुवारले सञ्चालन गर्दै आएकी छन् । लामो समय सभामुख रिक्त रहदा गलत सन्देश जाने भन्दै सत्तारुढ गठबन्धन दलले सभामुखको निर्वाचनपछि मात्रै सरकार विस्तार गर्ने सहमति गरेका हुन् ।नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सभामुखको निर्वाचनपछि मात्रै सरकार विस्तार गर्ने सहमति रहेको बताए । बिहीबार गठबन्धन दलले विनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोक्ने सहमति गरेका थिए । सोही दिन मन्त्रीपरिषद् विस्तार भन्दा अगाडि सभामुखको निर्वाचन गर्ने समति भएको उनले बताए ।बिहीबारको सहमति अनुसार आइतबार विनाविभागीय मन्त्रीले जिम्मेवारी पाए । नेपाली कांग्रेसबाट मन्त्री बनेका शमशेर राईले आन्तरिक मामिला तथा कानून मन्त्रालय र नेकपा एकिकृत समाजवादी पार्टीबाट मन्त्री बनेका कमलप्रसाद जवेगुले भौतिक पूर्वाधार विकास मन्त्रालय र माओवादी केन्द्रका मन्त्री गणेश उप्रेतीले पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका हुन् । उप्रेती र जवेगु कात्तिक १७ गते मन्त्री नियुक्त भएका थिए । राई मुख्यमन्त्री कार्कीसँगै असोज २८ गते नियुक्त भएका थिए ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय र खानेपानी सिचाई तथा उर्जा मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री कार्कीले आफूसँग राखेका छन् । मुख्यमन्त्री कार्कीले सरकार विस्तारका लागि छलफल गरिरहेको बताए ।सभामुखको निर्वाचन गर्ने सहमति भएपनि कसलाईअघि सार्ने भन्दै गठबन्धन दलबीच सहमति भएको छैन । दलका नेताहरु केन्द्रको निर्देशन पर्खिएर बसेका छन् । माओवादी केन्द्रका नेता आङ्बोले शीर्ष नेतृत्वले सहमति गरेपछि सभामुखको टुङ्गो लाग्ने बताए ।

Previous Post

हात्तीले मारेका रविनको परिवारलाई उपमहानगरले १ लाख दिने

Next Post

इटहरीको शान्तिनगरमा एक महिलाको बीभत्स हत्या १

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
इटहरीको शान्तिनगरमा एक महिलाको बीभत्स हत्या १

इटहरीको शान्तिनगरमा एक महिलाको बीभत्स हत्या १

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

कोशी प्रदेशमा चार दलको अपिल : ‘नामाकरणको निर्णयलाई शिरोधार्य गर्नुहोस्’ 

कोशी प्रदेशमा चार दलको अपिल : ‘नामाकरणको निर्णयलाई शिरोधार्य गर्नुहोस्’ 

दक्षिण अफ्रिकामा ३ महिनामा ६ हजारभन्दा बढीको हत्या !

दक्षिण अफ्रिकामा ३ महिनामा ६ हजारभन्दा बढीको हत्या !

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.