Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home जीवन शैली

झापाको भगवती प्लाइ उद्योगमा भीषण आगलागी, १० वटा दमकल प्रयाेग गर्दा पनि नियन्त्रण भएन आगो

radio by radio
२ वर्ष अगाडि
in जीवन शैली, विविध, समाचार
0
झापाको भगवती प्लाइ उद्योगमा भीषण आगलागी, १० वटा दमकल प्रयाेग गर्दा पनि नियन्त्रण भएन आगो
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

२८ फागुन २०८०,

करोडौं रुपैयाँ खर्चिएर बिलासीका सवारी साधन खरिद गर्न अग्रसर देखिएका झापाका स्थानीय तहका जनप्रतिनिधिले विपद्का लागि आवस्यक पर्ने वरुणयन्त्र किन्न भने कञ्जुस्याई गर्दा झापालीले करोडौं रुपैयाँको क्षति व्यहोर्नु परेको छ । बर्षेनि आगलागीका घटनाबाट करोडौं रुपैयाँको क्षति व्यहोर्दै आएका झापालीले पछिल्लो पटक मेचीनगर–१५ ज्यामिरगढीस्थित भवगती लेमिनेट्स प्लाइउड कारखानामा लागेको आगो नियन्त्रण गर्न भारतबाट समेत दमकल बोलाउनु पर्ने स्थिति सृजना भयो । यस अघि पनि मेची नगरको काँकरभिट्टास्थित जुत्ता कारखानामा भएको आगलागी नियन्त्रण गर्न नसक्दा भारतबाट नै दमकल बोलाउनु परेको थियो । झापाका स्थानीय तहले विपद् नियन्त्रणका लागि खरिद गरिनु पर्ने दमकल खरिदमा चासो नदिँदा झापालीले आगलागीकै कारण करोडौं रुपैयाँ गुमाउनु परेको छ । स्थानीय तहका जनप्रतिनिधि दमकल भन्दा स्काभेटर र डोजर खरिदमा अग्रसर देखिएका छन् । विकास निर्माणका नाममा खरिद गरिएका त्यस्ता सवारी अहिले कवाडीका रुपमा परिणत भएका छन् । तर, विपद्मा आवश्यक पर्ने दमकल लगायतका उपकरण खरिद्मा स्थानीय तहका जनप्रतिनिधिको ध्यान नदिँदा हरेक वर्ष आगलागीका कारण झापामा करोडौं रुपैयाँको क्षति व्यहोर्दै आएका छन् । मेचीनगरस्थित प्लाई उड उद्योगमा लागेको आगो अझैं नियन्त्रणमा आउन सकेको छैन ।झापाका स्थानीय तहमा भएका वरुणयन्त्रले मात्रै आगो निभाउन नसकेपछि छिमेकी जिल्ला सहित भारतबाट दमकल बोलाएको छ । आगलागी नियन्त्रणका लागि भारत नक्सलबारी ग्राम पञ्चायतसँगको सहकार्यमा २ वटा दमकल बोलाइएको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलले जनाए । सीमावर्ती क्षेत्रमा विपद् आइलाग्दा वारिपारि सहकार्य हुने गर्छ । दुई वर्षअघि काँकडभिट्टाको एसएस फुटवेयरमा आगो लाग्दा भारतीय दमकलको सहयोगमा आगो निभाइएको मेचीनगरका व्यवसायी विजय डालमियाले जानकारी दिए । झापा, इलाम, मोरङ, सुनसरीलगायतका जिल्लाका दर्जनभन्दा बढी दमकलले बिहानैदेखि आगो निभाउने प्रयास गरिरहेका छन् । तर, कारखानाभित्रको केमिकलमा आगो सल्किएकाले नियन्त्रण प्रयास विफल बनेको जनाइएको छ । आगलागीबाट करोडौं क्षति भएको अनुमान गरिएको छ ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

जनप्रतिनिधि र कर्मचारीले छोराछोरी सामुदायिकमा पढाउनुपर्ने

Next Post

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

नेपाली महिला टोलीले मलेसियासँग पाँच खेलको टी–२० शृङ्खला खेल्ने

नेपाली महिला टोलीले मलेसियासँग पाँच खेलको टी–२० शृङ्खला खेल्ने

स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप : आयोजकलाई पराजित गर्दै केराबारी अन्तिम चारमा

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.