Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home राजनीति

इटहरीका मेयर हेमकर्ण पौडेलले २४ महिनामा गरेका यी हुन् २८ महत्वपुर्ण काम

radio by radio
२ वर्ष अगाडि
in राजनीति, विविध, समाचार, स्थानीय तह
0
इटहरीका मेयर हेमकर्ण पौडेलले २४ महिनामा गरेका यी हुन् २८ महत्वपुर्ण काम
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

२४ वैशाख २०८१,

जनप्रतिनिधिको रुपमा हेमकर्ण पौडेलले इटहरी उपमहानगरपालिकाको नेतृत्व सम्हालेको आगामी जेठ ९ गते २ बर्ष पुरा हुँदैछ ।निर्वाचन मार्फत लामो समय पछि नेतृत्व परिवर्तन भएको इटहरीमा पछिल्लो २ बर्षमा धेरै परिवर्तनको महसुस भएको छ । निर्वाचित भए सकरात्मक कामको सुरुवात गरेका मेयर हेमकर्ण पौडेलले दोस्रो बर्ष भने ठुला र इटहरीको लागि महत्वपुर्ण कामले चर्चा पाएको छ ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

बाढिको डुबानबाट इटहरीबासीलाई जोगाउने मूल मुद्धा लिएर चुनाव जितेका पौडेल यहिले मुल मुद्दामा प्रवेश गर्दैछन् ।

कामको सुरुवातसँगै जनप्रतिनिधि बीच विवाद पनि सुरु भएको छ । यस्तो छ २४ महिने कार्यकालमा २८ वटा महत्वपुर्ण काम ।

निस्शुल्क सार्वजनिक शौचालय

दोस्रो निर्वाचित सरकार प्रमुखको रुपमा निर्वाचित भएर आएका मेयर हेमकर्ण पौडेलले सार्वजनिक शौचालय निर्माणलाई प्राथमिकता दिए ।
जस अनुसार इटहरीका मुख्य भिडभाड हुने सार्वजनिक स्थानमा शौचालय निर्माण भएको छ । हाल ४ वटा शौचालय निर्माण भएको छ ।

थारु पहिलो जाति घोषणा

मेयरमा निर्वाचित भएपछि हेमकर्ण पोडेलले प्राचिन काल देखी बसोबास गर्दै आएका ‘थारु’ जातिलाई इटहरीको पहिलो जाति घोषणा गरे ।
आफ्नो घोषणा पत्रलाई कार्यान्वयन गर्दै मेयर हेमकर्ण पोडेलले थारुलाई पहिलो जाति घोषणा गरी आफ्नो वाचा पुरा गरे ।
थारु जातिको सम्मानका लागि प्रत्येक बर्ष बैशाखा ३ गते सिरुवा पर्वको सार्वजनिक विदा दिन गरिएको छ ।

ग्रामथानको सूचिकरण

मेयर हेमकर्ण पौडेलले पहिलो जाति थारुको धार्मिक तथा साँस्कृतिक भूमि ग्रामथानको संरक्षण गर्न सूचिकरण गर्ने कामको थालनी गरेका छन् । ग्रामथानहरुको पुर्ननिर्माण थालिएको छ ।

विद्यालयमा दिवा खाजा कार्यक्रम
मेयर हेमकर्ण पौडेलले देशभरमै पहिलो पटक कक्षा ६ सम्म विद्यालय खाजा कार्यक्रम सुरु गरे । विद्यार्थीहरुले अहिले सातै दिन सातै थरिका पौष्टिक खानेकुरा खान पाएका छन् । विद्यार्थी ड्रप आउट हुने ,विद्यालय नआउने समस्या हटेको छ ।

इटहरी अस्पतालमा ब्यापक सुधार

अस्पतालको सेवामा सुधार आएसँगै इटहरी अस्पतालको मुहार फेरिएको छ । २४ सै घण्टा इमरजेन्सी सेवा, १५ वेड मार्फत विरामीको उपचार सुरु भएको छ ।

अस्पतालमा अहिले दैनिक रूपमा हाड जोर्नी, महिला तथा स्त्री रोग विशेषज्ञ र बाल रोग विशेषज्ञ डाक्टरले बिरामीको उपचार गर्छन ।

अस्पतालमा नियमित रुपमा रगत जाँच, एक्स रे, भिडियो एक्स रे, ई सिजी लगायतका स्वास्थ्य परिक्षण हुन थालेको छ । ठुलो संख्यामा विरामीहरु उपचारका लागि अस्पताल आउन थालेका छन् ।

टोकन सिस्टम, विरामी र कुरुवालाई बस्न सजिलाको लागि कुर्सीको व्यवस्था गरिएको छ ।

घर देखि घाट सम्म निः शुल्क शव वाहन सेवा

मेयर हेमकर्ण पौडेलले घर देखी घाट सम्म निःशुल्क शव वाहन सेवा दिने घोषणा गरे ।सोही अनुसार अहिले शव वाहनले मृत्यु भएका परिवारका घरमा पुगेर शवलाई घाट सम्म पुर्याउने काम गर्दै आएको छ ।

इटहरीबासीलाई निःशुल्क एम्बुलेन्स सेवा

इटहरी उपमहानगरपालिका २ वटा एम्बुलेन्सले २४ सै घण्टा विरामीलाई अस्पताल सम्म पुर्याएर सुविधा दिँदै आएको छ ।

मुख्य चोकमा पार्किङ निषेध,फुटपाथ व्यवस्थापन

जथाभावी पार्किङले शहर अस्तव्यस्त भएपछि उपमहानगरले मुख्य चौकको ३ सय मिटर वरपर पार्किङ निषेधित क्षेत्र घोषणा गर्यो । मेयर हेमकर्ण पौडेल आफै सडकमा आएर नियमको कार्यान्वयन गराए ।
जथाभावी पार्किङ हटेपछि इटहरीको मुख्य चौक खुल्ला र सफा देखिएको छ । पार्किङको वैकल्पीक व्यवस्था गर्ने उपमहानगरले जनाएकोछ ।
।

पालिका बाटै श्रम स्वीकृति

श्रम स्वकृतिको काम इटहरी उपमहानगरपालिकाबाटै हुन थालेको छ । गत बर्षको असोज महिना देखी उपमहानगरबाटै श्रम स्वीकृति दिन थालेपछि काठमाण्डौँ जानुपर्ने बाध्यता हटेको छ ।

छ लेन सडक विस्तार

६ लेन सडक आयोजनाको कामले गति लिएकोछ । बषौँ देखी भत्काउन नसकेका घरहरु मेयर हेमकर्ण पौडेलले डोजर चलाएर भत्काए ।
घर भत्काए पछि अहिले सडक विस्तारको कामले तिव्रता पाएको छ । बषौँ देखीको विवाद मिलेको छ भने रोकिएको काम सुरु भएको छ । इटहरीको विराटनगर लाइन फराकिलो र सफा देखिने छ ।

अनलाइन घर नक्सा ,निःशुल्क घर डिजाइन

इटहरीमा अनलाइन प्रणालीबाट घर नक्साको इजाजत पत्र प्रदान गर्न थालिएको छ । भिडभाड स्वाट्टै हटेको छ । नगरबासीहरुले फाइल बोकेर कोठा कोठा धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । काम छिटो र सजिलो तरिकाले हुन थालेको छ ।
नेपालमै पहिलो पटक इटहरी उपमहानगरले नगरबासीलाई घरको नक्सा निःशुल्क बनाइदिने थालेको छ ।१ हजार स्वायर फिट भन्दा साना घरको नक्सा निःशुल्क डिजाईन हुन्छ ।

पूर्वाधार ल्याब र खाद्य प्रविधि ल्याब सुरु

निर्माणमा गुणस्तीयता कायम राख्न इटहरी उपमहानगर भित्र छुट्टै पूर्वाधार ल्याब स्थापना भएको छ । ल्याबमा बालुवा, गिटी, सिमेन्ट, डन्डीको जाँच गरिन्छ । योजना सुरु गर्नुभन्दा अघि अनिवार्य गुणस्तर रिपोर्ट लिनुपर्छ ।
इटहरीमा निर्माण समाग्रीको गुणस्तर जाँच हुन थालेपछि अन्य पालिका तथा ठुला आयोजनाहरुले पनि जाँच गर्न ल्याउन थालेका छन् । यसले राजश्वमा वृद्धि भएको छ ।
खाद्य ल्याब पनि स्थापना गरिएको छ । अनुगमनमा शङ्का लागेका वस्तुको नमुना सङ्कलन गरी ल्याबमा जाँच गर्न थालिएको छ ।

सिसि क्यामराको निगरानी र सुरक्षा

सहरको सुरक्षा सम्बेदनशिलतालाई ध्यानमा राख्दै इटहरी उपमहानगरले सार्वजनिक स्थल तथा मुख्य बजार क्षेत्रमा सिसिक्यामरा जडान गरेको छ ।

इटहरीको मुख्य हाइवे, मुख्य बजार, व्यस्त बजार,सार्वजनिक स्थलमा ८० भन्दा बढी सिसिक्यामरा जडान भएका छन् ।
ट्राफिक व्यवस्थापन गर्न सजिलो भएको छ । वित्तिय संस्थाहरुले सुरक्षित महसुस गरेका छन् ।
इटहरी उपमहानगरपालिकाले सिसिटिभी मार्फत मोनिटरिङ गर्न नागरिक सहायता कक्ष भित्र छुट्टै डिजिटल कक्ष स्थापना गरिएको छ ।

सुबिधा सम्पन्न नागरिक सहायकता कक्ष स्थापना

पुराना र थोत्रे सामान थन्काउने कवाडखाना जस्तो थियो उपमहानगरको प्राङगड स्थललाई चिटिक्क परेको नागरिक सहायता कक्ष बनाइएकोछ ।
अहिले सेवा लिन आएका कुनै पनि नागरिक अलमलिनु पर्दैन । सेवाग्राहीको निवेदन लेखिदिने,नबुझेको कुरा बुझाइदिने, अशक्त अपांगता भए फाइल सम्बन्धित शाखामा पु¥याएर कर्मचारीले नै काम गरिदिन्छन् ।
सेवा लिन पुगेका जो कोही सेवाग्राहीले निःशुल्क कालो चिया तथा कफी खान पाउँछन् ।

ठेकेदारलाई कालो सूचिमा राख्दै, अधुरा काम पुरा गर्दै

काम नगर्ने निर्माण कम्पनी विरुद्ध इटहरी उपमहानगर एक्सनमा उत्रियो । योजनाहरू अलपत्र पार्ने निर्माण कम्पनीहरुलाईं कारबाही गर्दै कालोसूचीमा राख्न इटहरी उपमहानगरले स्पष्टीकरण सोधियो ।
पछि केही कम्पनीहरु सम्पर्कमा आए । अधुरा काम पुन सुरु भएका छन् ।

आधुनिक बसपार्क निर्माण शिलान्यास

आधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण थालिएको छ । नौ करोड ४८ लाख ८३ हजार ५ सय ५६ रुपैयाँको ठेक्कामा अहिले धमाधम निर्माण हुँदैछ ।
एक बिघा क्षेत्रफलमा फैलिएको बसपार्कमा टिकट काउन्टर, सोधपुछ कक्ष, प्रतिक्षालय, सभाहल, रेष्टुरेन्ट समेत रहनेछ । बसपार्क बनेपछि यातायाता व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ ।

सुशासनमा सुधार

इटहरी उपमहानगरपालिकाले प्रदान गर्ने सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन नीतिगत सुधार गरेको छ ।
सेवाग्राहीलाई कुनै झन्झट विना छिटो छरितो र सहजढंगबाट सेवा प्रदान हुन थालेको उपमहानगरको दावी छ ।
प्रदान गरिने सेवालाई अनलाइन बनाइएको छ । नगरबासीले पहिले जस्तो फाइल बोकेर धाउनुपर्दैन । भिडभाडमा लाइन लाग्नु पर्दैन । कर तथा राजश्व तिर्न मोबाइल तथा अनलाइनबाट सजिलै तिर्न सकिन्छ ।

कर्मचारीको अनिवार्य पोसाक, इ हाजिरी, कार्यालय समयको व्यवस्थापन, सिसिक्यामराको मोनिटरिङ, नागरिक सहायता कक्ष जस्ता आधारभूत पक्षमा सुधार गरिएको उपमहानगरले जनाएको छ ।

शैक्षिक गुणस्तर सुधार संकल्प अभियान

शिक्षालाई प्राथमिकतामा राखेका मेयर हेकमर्ण पौडेलले शैक्षिक गुणस्तर सुधारका लागि २७ बुँदे सङ्कल्प पत्र सार्वजनिक गरेका छन् ।
शैक्षिक सत्र २०८१ देखी विद्यालयहरूको गुणस्तर सुधारका लागि मेयर पौडेलले सङ्कल्प पत्र कडाइका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । जनप्रतिनीधिहरुले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु पर्ने नीति लिएको छ ।
राजनीति र भनसुनका आधारमा नभई आन्तरिक प्रतिस्पर्धाका आधारमा विद्यालयमा प्रधानाध्यापक नियुक्त गरिने मेयर पौडेलले घोषणा गरेका छन् ।
स्थानिय पाठ्यक्रम, थारु भाषामा पठनपाठन सुरु गर्ने सङ्कल्प पत्रमा उल्लेख गरिएको छ ।

सहकारी सुधार कार्यक्रम

सहकारी संस्थाहरूमा देखिएका समस्या समाधानका लागि इटहरी उपमहानगरपालिकाले सुधारको पहल थालेको छ ।
सहकारीका सञ्चालक समितिका पदाधिकारी,लेखा सुपरिवेक्षण समिति र व्यवस्थापकको सम्पत्ति विवरण माग गर्ने नगर सहकारी समितिले निर्णय गरेको छ ।

सहकारी ऐनमा भएका केही ऐनलाई संशोधन, प्रतिस्थापन र नयाँ थप गर्दै देखिएका अप्ठ्यारालाई सम्बोधन गर्दै लागु गर्ने निर्णय भएको छ ।

इटहरी उपमहानगरपालिकाले राम्रा सहकारीलाई पुरस्कृत गर्ने र खराब सहकारीलाई कानुन बमोजिम कारबाही गर्न थालेको छ । प्रत्येक बर्ष राम्रो काम गर्ने सहकारीलाई सम्मान गर्ने परम्परा सुरु गरेको छ ।
अर्को महत्वपूर्ण काम भनेको बचतकर्ताको रकम फिर्ता गराउने काम गरेको छ ।

आकाशे पुल र सभाहल ठेक्का

अब इटहरीमा आकाशे पुल र सभा हल बन्ने भएको छ । दुवैको निर्माणको ठेक्का लागेको छ । अघिल्लो सरकारले बनाउने चर्चा गरे पनि नसकेको काम मेयर हेमकर्ण पौडेल नेतृत्वको इटहरी सरकारले यसलाई मूर्त रुप दिएको हो ।
इटहरीको मुख्य चौकको धरान रोडमा र विराटनगर लाइनको गोल्डेन चौकमा आकाशे पुल बन्ने छ ।

यस्तै, इटहरी ५स्थित काव्य वाटिकाको जग्गामा सभा हल निर्माण हुनेछ । एकै पटक ५ सय मानिस अट्ने क्षमता भएको ३ तलाको आधुनिक सभा हल निर्माण हुनेछ ।

३ तलाको भवनमा तिन स्टेप स्लोप डिजाइनको सभा हल निर्माण हुनेछ । यो सभा हललाई थिएटरको रूपमा प्रयोग गर्न सकिने इन्जिनियर जिवन घिमिरेले जानकारी दिए ।

योसँगै अन्य साना खाले २ वटा सेमिनार हल पनि निर्माण हुनेछ । सभा हलसँगै व्यवस्थित पार्किङ, फूल बगैँचाले सभागृह क्षेत्रलाई आकर्षक बनाउने छ ।

खोलापैनी सफाइ टेग्रा कोरिडोर निर्माण सुरु

इटहरीलाई बाढि र डुबान बाट जोगाउने महत्वकाक्षी योजना यो बर्ष सुरु भयो । इटहरीलाई डुबान बाट जोगाउने मूल मुद्दा लिएर चुनाव जितेका मेयर हेमकर्ण पौडेलले लामो समयको प्रतिक्षा पछि टेग्रा खोलामा डोजर चलाए ।

पटक पटक सार्वजनिक सूचना जारी गर्दा पनि अटेर गरेपछि बाध्य भएर डोजर चलाउनुपरेको मेयर हेमकर्ण पौडेलले बताए ।
टेँग्राखोला सफाइमा डोजर चलेसँगै इटहरीबासीलाई अब भने डुबानमा पर्नुपर्दैन कि भन्ने आशा पलाएको छ ।

डुबानको समस्या दीर्घकालीन रूपमा समाधान गर्न उपमहानगरले टेङ्ग्रा कोरिडोर योजना अघि सारेको छ । विश्व बैङ्कको सहयोगमा टेङ्ग्रा कोरिडोर निर्माण गर्ने उपमहानगरले जनाएको छ ।

ताल तलैयाको मुहान देखी दक्षिणी सीमा क्षेत्र सम्म करिब ९ किलोमिटर क्षेत्रमा कोरिडोर निर्माण हुनेछ । टेँग्रा सफाइसँगै अहिले कोरिडोर निर्माणको काम पनि हुँदैछ । कोरिडोर बनाउन साइड क्लियरेन्सको काम पनि सँगै हुँदै छ ।

निजी विद्यालयहरुको वर्गीकरण र शुल्क निर्धारण

शैक्षिक गुणस्तर सुधारको अभियान चलाएका मेयर हेमकर्ण पौडेलले निजी विद्यालयलाई पनि व्यवस्थीत गर्ने काम सुरु गरेका छन् ।

पछिल्लो ५ बर्ष देखी हुन नसकेको निजी विद्यालयको श्रेणी करणलाई परिमार्जन गर्ने र सोही आधारमा शुल्क निर्धारण गर्ने मेयर पौडेलले बताएका छन् ।

इटहरीका निजी विद्यालयहरू कुन स्तरमा छन् रु के कस्ता सेवा सुविधाहरू उपलब्ध गराइरहेका छन् । शैक्षिक गुणस्तर कस्तो छ रु भन्ने विषयको अध्ययन भईरहेको शिक्षा,युवा तथा खेलकुद महाशाखाका प्रमुख द्रोण दाहालले जानकारी दिए ।

विद्यालयहरूको अनुगमन गरी यर्थाथ अवस्थाको मूल्याङ्कन गरी वर्गीकरण गर्ने र सोही आधारमा शुल्क निर्धारण गर्ने उनले जानकारी दिए ।

अभिभावकसँग माथिल्लो श्रेणीको शुल्क लिए पनि सुविधा भने तल्लो श्रेणी बराबरको दिने गरेको आरोप निजी विद्यालयलाई लाग्ने गरेको छ ।

इटहरीमा विद्युतिय शवदहागृह बन्दै

कोशी प्रदेशमै पहिलो पटक इटहरीमा विद्युतीय दासंस्कार स्थल बन्ने भएको छ । मेयर हेमकर्ण पौडेलले अघि सारेको योजनालाई कोशी प्रदेश सरकारले साथ दिए पछि दाहसंस्कार स्थल निर्माण हुने भएको हो ।

इलेक्ट्रिक दाहसंस्कार स्थल बनाउने विषयमा इटहरीमा मेयर हेमकर्ण पौडेल र कोशी प्रदेशका तत्कालिन वन,पर्यटन तथा वातावरण मन्त्री गणेस प्रसाद उप्रेती बीच सम्झौता पत्रमा हस्ताक्ष्यर भएको हो । यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने गरी काम सुरु गर्ने निर्णय भएको छ ।

करिब ३ करोड ५० लाखको लागतमा यो निर्माण हुनेछ । कोशी प्रदेश सरकारले ७० प्रतिशत र इटहरी उपमहानगरले ३० प्रतिशत लगानी गर्ने समझदारी भएको छ ।

चार वटा विद्युतीय नगर बस सन्चालनमा आउदै

इटहरीमा आगामी आर्थिक वर्षदेखि नगर बस सञ्चालनमा आउने भएको छ ।आर्थिक वर्ष २०८०९८१ देखि इटहरी उपमहानगरपालिकाले ४ वटा विद्युतीय नगर बस सञ्चालनमा ल्याउने भएको हो ।

इटहरी नगरभरी सहज र सरल रूपमा यातायातको सेवा पुर्याउन विद्युतीय नगर बस सञ्चालनमा ल्याउन लागेको उपमहानगरले जनाएको छ । नगर बस सञ्चालनको लागि कार्यपालिका बैठकमार्फत बनेको नगर बस रुट निर्धारण तथा व्यवस्थापन समितिले नगर बस चल्ने रुटको कार्ययोजना बनाइरहेको छ ।

इटहरीमा अत्याधुनिक सुविधा सम्पन्न भेटेरिनरी अस्पताल

इटहरीका मेयर हेमकर्ण पौडेलले अत्याधुनिक भवन निर्माण गरेका छन ।

किसानका घरपालुवा जनावर बिरामी भएपछि उच्चस्तरिय उपचारका लागि अस्पताल निर्माण गरिएको मेयर पौडेलले बताए । भवन निर्माण भएपछि किसानका समस्या सहज ढङ्गबाट समाधान हुने उनले बताए । २ करोड ६ लाख ८२ हजार १६५ रुपैयाँ लागतमा तीन तले भवन निर्माण भएको छ।

आईसीयू र भेन्टिलेटर सहितको एम्बुलेन्स

कोशी प्रदेशमै पहिलो पटक इटहरीका मेयर हेमकर्ण पौडेलले आईसीयू र भेन्टिलेटर सहितको एम्बुलेन्स सेवा शुरू हुने बताएका छन एम्बुलेन्स सञ्चालनले स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपिएको मेयर पौडेलले बताए । अहिले पनि स्वास्थ्य सेवा गरीबको पहुँचमा नभएको चर्चा गर्दै मेयर भन्छन स्वास्थ्य क्षेत्र सुधारमा लाग्छु ।

बिग्रेको सडक बनाउन रोलर र ग्रेडर किनियो

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले नगर क्षेत्रमा सडक सञ्जाल विस्तारका लागि आफ्नै डोजर र रोलर खरिद गरेको बताए । सडक निर्माणमा छलाङ मार्ने लक्ष्यका साथ उप महानगरपालिकाले खरिद गरेको डोजर र रोलर उपमहानगरपालिका भित्र्याईएको हो। एक वर्ष भित्र टोलटोलमा बिग्रेको सडक बनाउने र नयाँ सडक पुर्याउने महत्वकांक्षी योजना सहित इन्फास्टक्चर एम्बुलेन्स खरिद गरिएको हो ।

वडा कार्यालय निर्माण देखि दमकल सम्म खरिद

मेयर पौडेलले वडा कार्यालयहरुको भवन निर्माणमा पनि प्रथामिकतामा राखेका छन । भाडामा बस्दै आएको वडा कार्यालयहरुलाई आफ्नै भवनमा राख्ने उदेश्यका साथ काम गरिरहेका छन । त्यस्तै कोशी प्रदेशकै ब्यस्त शहर इटहरीमा यौटा दमकल अपुग भएको भन्दै थप एक थान दमकल खरिद गरिएको मेयर पौडेलले बताए ।

Previous Post

बझाङबाट प्रदेशसभामा एमालेका भण्डारी बिजयी 

Next Post

प्रहरी हिरासतमा रहेका सिरोहिया अस्पताल भर्ना,सुगर र उच्च रक्तचापको समस्या

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post

प्रहरी हिरासतमा रहेका सिरोहिया अस्पताल भर्ना,सुगर र उच्च रक्तचापको समस्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

दोहोरो अङ्कले बढ्यो नेप्से

दोहोरो अङ्कले बढ्यो नेप्से

एसइईमा पाँच लाख चार हजार  ४१४ परीक्षार्थी सहभागी हुँदै

एसइईमा पाँच लाख चार हजार  ४१४ परीक्षार्थी सहभागी हुँदै

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.