
११ फागुन २०७९
इटहरी उपमहानगरपालिकाले तरहराको पानीपिया देखि सेउती सम्मको बाटो छिटो निर्माण गर्न आयोजना प्रमुखलाई पत्रचार गरेको छ । सडक निर्माण विस्तार सुस्त हुदा दैनिक सर्वसाधरणले सास्ती वेहोर्नु परेको भन्दै बाटो छिटो गर्न पत्रचार गरेको होनगर प्रमुख हेमकणर् पौडेलले सडक निर्माण ढिलो भएको भन्दै संघीय सरकारको ध्यानाकर्षण गरेको हो । संघीय सरकारको मातहतमा उक्त राजमार्ग भएकाले छिटोभन्दा छिटो बनाउन छ लेन सडक आयोजनालाइ पत्रचार गरेको हो ।यस अघि पनि नगर प्रमुख पौडेलले स्थलगत अनुगमन गरि छिटो बाटो बनाउन अनुरोध गर्दा पनि निर्माणको काम अघि नबढेको भन्दै पत्रचार गरेको हो । बारम्बार ताकेता गर्दा पनि सडक निर्माणको काममा ढिलो भएको भन्दै मेयर पौडेलले रोकिएको काम तत्काल अगाडि बढाइदिन आग्रह सहित पत्रचार गरेको हो । सुनसरीको धरानसम्मको ४९ किलोमिटर सडक ६ लेनको बनाउन १० अर्ब ५८ करोड रुपैयाँमा ठेक्का लगाएको थियो । यो सडक निर्माण आर्थिक वर्ष २०७५र२०७६ भित्र गरिसक्नु पर्ने थियो ।