
१५ पुस २०७९
नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको निर्वाचनमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सभापति शेरबहादुर देउवा समूहबाट अमृत अर्याल, नेता कृष्णप्रसाद सिटौला समूहबाट उद्धव थापा र डा. शेखर कोइराला समूहका केदार कार्कीले उम्मेदवारी दिएका हुन् ।
संसदीय दलमा शुक्रबार ९ देखि १० बजेसम्म विराटनगरमा निर्वाचन हुँदैछ ।
९३ सदस्यीय प्रदेश सभाको दोस्रो ठूलो दल कांग्रेससँग जम्मा २९ सांसद छन् ।