Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home जीवन शैली

आज बालाचतुर्दशी : दिवंगत पितृको सम्झनामा छरियो शतबीज छरिदै

radio by radio
२ वर्ष अगाडि
in जीवन शैली, विविध, समाचार
0
आज बालाचतुर्दशी : दिवंगत पितृको सम्झनामा छरियो शतबीज छरिदै
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

सोमबार २५ मंसिर, २०८०

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् ।प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन् । पशुपतिनाथ आउन नसक्ने भक्तजनले भने आआफ्ना घर नजिकैको शिवालयमा त्रयोदशीको बेलुकीदेखि महादीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छर्छन् ।देशका विभिन्न भागबाट राजधानी आएका श्रद्धालु भक्तजनको मार्गशीर्ष कृष्ण त्रयोदेशीको बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्ने गर्छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्ने गरेको हो । जाडोको मौसम भएकाले पाललगायत व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति क्षेत्रमा आइतबार बिहानैदेखि सुरक्षाकर्मीलगायतको बाक्लो उपस्थिति रहने गरी व्यवस्था मिलाइएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।पशुपतिनाथ आउने भक्तजनलाई कोषले पशुपति क्षेत्रका विभिन्न स्थानमा रोपेका बिरुवा नभाँच्न अनुरोध गरेको छ । ढुङ्गा छापेका स्थानमा शतबीज नछर्न पनि उहाँले आह्वान गर्नुभएको छ । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।शतबीज भनिएपनि हाल सप्तबीज ९धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो० छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पु¥याउन अनुरोध गरिन्छ । हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिए अनुसार शतबीज भन्नाले धानका सय गेडा छर्नुपर्ने अरु अन्न होइन भन्नुहुन्छ धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

Previous Post

इटहरीका स्कूलमा पहिलो पटक नमुना दिवा खाजा कार्यक्रम

Next Post

यू–१९ एसिया कप– भारतसँग नेपाल १० विकेटले पराजित

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
यू–१९ एसिया कप– भारतसँग नेपाल १० विकेटले पराजित

यू–१९ एसिया कप– भारतसँग नेपाल १० विकेटले पराजित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

प्रदेश १  सरकारको न्यूनतम साझा कार्यक्रम तयार

एक नं प्रदेशकाे नाम काेशी राख्न कांग्रेस , एमाले सहमत , माओवादी लगायतले मानेन

नक्कली शरणार्थी विरुद्धको मुद्दा रोकिँदैन : प्रधानमन्त्री प्रचण्ड

नक्कली शरणार्थी विरुद्धको मुद्दा रोकिँदैन : प्रधानमन्त्री प्रचण्ड

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.