
आइतबार, ८ पुस २०८०
अब प्रस्ट भएको छ नेपाल सुपर लिगको शीर्ष चारमा कुन–कुन टिम रहने छ भनेर । यसका लागि शनिबार लिग चरणको अन्तिम खेलको अन्तिम ह्विसलसम्मै कुर्नुपर्यो । तर, यसले गजबको संयोग भने अगाडि ल्याएको छ ।
नेपाल सुपर लिग स् सुल्झियो जटिल प्लेअफ समीकरणबल अघि बढाउँदै गरेका काडमाडौं रेजर्सका १० नम्बरका सोखरुखलाई ट्याकल गर्ने प्रयासमा ललितपुर सिटीका खेलाडी ९रातो० । तस्बिर स् हेमन्त श्रेष्ठरकान्तिपुर
लिगको आठौं चरणमा भिडेका टिम नै प्लेअफको सुरुआती दुई खेलमा भिड्नेछन् । त्यो भनेको पहिलो क्वालिफायरमा पोखरा थन्डर्सविरुद्ध धनगढी एफसी अनि इलिमिनेटरमा काठमाडौं रेजर्सविरुद्ध ललितपुर सिटी एफसी ।दशरथ रंगशालामा लिग चरणको अन्तिम खेल थियो डिफेन्डिङ च्याम्पियन काठमाडौं र ललितपुरबीच । खेलको नतिजा काठमाडौंको पक्षमा १–० ले रह्यो । टोलीलाई यो खेल जसरी पनि जित्नु थियो र जित्यो पनि । निर्णायक गोल भने आन्द्रेस निआको नाममा रह्यो । उनले पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा डाइभिङ हेडको मदतमा गोल गरे । उनका लागि क्रस मिलाउने काम गरेका थिए विदेशी खेलाडी तोजिडिनोभ कोमोउनले ।काठमाडौंको यो जितपछि १२ अंक भएको छ । ललितपुर भने १० अंकमै सीमित रह्यो । शीर्ष चारमा रहेर कसले कोसँग प्लेअफ खेल्ने हो, त्यसको निर्णयको आधार भने शनिबारकै पहिलो खेलले गरेको थियो । त्यसमा बुटवल–लुम्बिनी एफसीले वीरगन्ज युनाइटेडलाई १–० ले हराएको थियो । वीरगन्जले भने जित्नैपर्ने खेल थियो । तर जितेन । बुटवल–लुम्बिनीका लागि चन्दन दासले एरिक विष्टको पास सदुपयोग गर्दै दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा गोल गरे ।यो जितपछि बुटवल–लुम्बिनीको पनि १० अंक भयो । टोली छैटौं स्थानमा रह्यो । अन्तिम दिनको खेलमा मैदानमा सबैभन्दा ठूलो हार बेहोर्ने टिम वीरगन्ज भयो । मैदानबाहिर रहेर पनि खेल्दै नखेलेर सबैभन्दा ठूलो हार आत्मसात् गर्ने टिम भने झापा एफसी रह्यो । झापा १० अंकसहित पाँचौं स्थानमा रह्यो । अन्तिम दुई लिग खेलको नतिजा टोलीको अनुकूल आएको भए झापाको पनि प्लेअफ खेल्ने सम्भावना जीवित थियो । तर, त्यो भएन ।