
सोमबार, मंसिर १, २०८२,
नेपाल प्रिमियर लिग ९एनपिएल०को उद्घाटन खेलमा जनकविरूद्ध बोल्ट्स विरूद्ध काठमाडौं गुर्खाजले पहिले बलिङ गर्ने भएको छ।
काठमाडौंले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो।खेल अपराह्न ४ बजेदेखि सुरू हुनेछ।आजको खेलको दोस्रो इनिङ फ्लडलाइटमा हुनेछ।फ्लड लाइटमा खेलाउनका लागि राम्रो म्यानपावर र ब्याकअप पनि तयार गरिएको नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले बताएका छन्।जनकपुर बोल्ट्स साविक विजेता हो।जनकपुर बोल्ट्समा कप्तान अनिल साह ९विकेटकिपर० हुन्। टोलीमा अनिल साह ९कप्तानरविकेटकिपर०, विकास आग्री, सचिन भट्ट, शुभ कंसाकार, सञ्जय कृष्णमूर्ति, निकोल लोफ्टी(ईटन, आदित्य महाता, किशोर महतो, लाहिरु मिलन्था ९विकेटकिपर०, वायन पार्नेल, ललित राजवंशी, लाहिरु समरकून, आसिफ शेख ९विकेटकिपर०, रुपेश सिंह, इमरान ताहिर र मयन यादव छन्।काठमाडौं गोर्खाजका कप्तान करण केसी हुन्। टोलीमा करण केसी ९कप्तान०, मोहम्मद आदिल आलम, शाहब आलम, बेन चार्ल्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम मगर ९विकेटकिपर०, सन्नी पटेल, नटराजन शाह, भीम शर्की, जोन सिम्पसन ९विकेटकिपर०, प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुल बहादुर थापा, रिकार्डो भास्कोनसेलोस ९विकेटकिपर०, र सन्तोष यादव समावेश छन्।
