Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home खेलकुद

विश्वकप फुटबल : उपाधि भिडन्त आज, कसले मार्ला बाजी ?

radio by radio
३ वर्ष अगाडि
in खेलकुद
0
विश्वकप फुटबल : उपाधि भिडन्त आज, कसले मार्ला बाजी ?
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

३ पुस २०७९

विश्वकप फुटबलको फाइनल खेल आज हुँदैछ । लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिना र फ्रान्सबीच लुसेल आइकोनिक स्टेडियममा प्रतिस्पर्धा हुनेछ । फाइनल उत्रदै गर्दा दुवै टोलीको लक्ष्य तेस्रो पटक च्याम्पियन बन्ने हुनेछ । 

You might also like

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

वेस्ट इन्डिजविरूद्धको सिरिजबारे नेपालका कप्तान र सहायक प्रशिक्षकको भनाइ यस्तो छ

साफ यू-१७ महिला च्याम्पियनसिपमा बंगलादेशसँग खेल्दै नेपाल, जित्नैपर्ने दबाब

आजको खेललाई लियोनल मेस्सीको भविष्यसँग पनि जोडेर हेरिएको छ । मेस्सीले अर्काे विश्वकप नखेल्ने बताइसकेका छन् । यो पटक विश्वकप जितेर उनी आफ्नो सानदार बिदाई चाहान्छन् ।

२३ वर्षीय किलिएन एमबाप्पे लगातार दोस्रो पटक विश्वकप जित्ने लक्ष्यमा छन् । मेस्सी आफ्नो करियरको उत्तरार्धमा छन् भने एमबाप्पे भने मेस्सी र क्रिस्टियानो रोनाल्डोपछिको नयाँ स्टारको रुपमा उदाइरहेका छन् । अर्जेन्टिनाले जिते ३६ वर्षपछि उपाधि जित्नेछ, मेस्सीले पनि विश्वकप जित्दै विश्वकपमा सुखद बिदाइ पाउनेछन् ।

फ्रान्सले जिते ६० वर्षपछि लगातार दुई पटक विश्वकप जित्ने पहिलो र समग्रमा तेस्रो टिम बन्नेछ । एमबाप्पे २४ वर्षअघि नै लगातार विश्वकप जित्ने पेलेपछिको पहिलो खेलाडी बन्नेछन् । 

साविक विजेता फ्रान्सले पछिल्ला ७ विश्वकपमा फाइनल खेल्न लागेको यो चौथो पटक हो । सन् १९९८ मा घरेलु मैदानमै पहिलो पटक विश्वकप जितेको फ्रान्स २००६ मा उपविजेता बनेको थियो भने २०१८ मा दोस्रो पटक च्याम्पियन बनेको थियो । अर्जेन्टिनाले १९७८ र १९८६ मा उपाधि जितेको थियो । मेस्सीको नेतृत्वमा दोस्रो पटक फाइनल पुगेको अर्जेन्टिना ३६ वर्षपछि विश्वकप उपाधि जित्ने लक्ष्यमा छ । 

१९८६ मा डिएगो म्याराडोनाले एकल प्रयासमा अर्जेन्टिनालाई च्याम्पियन बनाएयता दुई पटक फाइनल पुगेर पनि अर्जेन्टिना पराजित भएको थियो । २०१४ मा फाइनल पुगे पनि अर्जेन्टिना फाइनलमा जर्मनीसँग अतिरिक्त समयमा पराजित भएको थियो ।

हेड टु हेड 

फ्रान्स र अर्जेन्टिनाबीचको विगत अर्जेन्टिनाको पक्षमा छ । अहिलेसम्म यी दुई टोलीबीच कुल १२ खेल भएको छ । जसमा अर्जेन्टिनाले ६ खेल जित्दा फ्रान्सले ३ खेल मात्र जितेको छ । तीन खेल बराबरीमा टुङ्गिएको थियो । 

 विश्वकपमा भएका प्रतिस्पर्धामा पनि अर्जेन्टिना अगाडि छ । विश्वकपमा तीन खेलमा भेट हुँदा अर्जेन्टिनाले २ खेल जितेको छ भने फ्रान्सले १ खेल जितेको छ ।

पछिल्लो पटक २०१८ मा रुसमा भएको विश्वकपको अन्तिम १६ मा फ्रान्सले अर्जेन्टिनालाई ४– ३ ले पराजित गरेको थियो । चार वर्षपछि अर्जेन्टिनालाई त्यसको बदला लिंदै च्याम्पियन बन्ने अवसर छ । २०१८ अघि विश्वकपमा दुई पटक भेट हुँदा भने अर्जेन्टिना विजयी भएको थियो । 

Previous Post

सातै प्रदेशमा निर्वाचन परिणाम बुझाउँदै निर्वाचन आयोग

Next Post

पत्रकार महासङ्घ सुनसरीको साधारण सभा सम्पन्न, सदस्यता छानबिन गर्ने प्रस्ताव पारित

radio

radio

Related Posts

खेलकुद

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

by radio
खेलकुद

वेस्ट इन्डिजविरूद्धको सिरिजबारे नेपालका कप्तान र सहायक प्रशिक्षकको भनाइ यस्तो छ

by radio
खेलकुद

साफ यू-१७ महिला च्याम्पियनसिपमा बंगलादेशसँग खेल्दै नेपाल, जित्नैपर्ने दबाब

by radio
खेलकुद

भुटानविरूद्ध बराबरीमा रोकियो नेपाल

by radio
खेलकुद

इटहरी गोल्डकप : सगरमाथा युथ क्लब मोरङ अन्तिम चारमा

by radio
Next Post

पत्रकार महासङ्घ सुनसरीको साधारण सभा सम्पन्न, सदस्यता छानबिन गर्ने प्रस्ताव पारित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

पाका मानिस खुसी र सुखी हुने उपाय ,

पाका मानिस खुसी र सुखी हुने उपाय ,

राहदानी वितरण सहज बनाउन गृह मन्त्रालयले गठन गर्यो विज्ञ टोली

राहदानी वितरण सहज बनाउन गृह मन्त्रालयले गठन गर्यो विज्ञ टोली

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.