
फागुन ४, २०८१ आइतबार,
१५ औँ अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको दोस्रो क्वाटरफाइनल खेलमा सगरमाथा युथ क्लब मोरङ अन्तिम चारमा प्रवेश गरेको छ ।आइतबार इटहरी रंगशालामा भएको प्रतिस्पर्धामा सगरमाथाले न्यूरोड टिम काठमाडौँ ९एनआरटी०लाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारका लागि सिट सुरक्षित गरेको हो ।एनआरटी २५ औँ बुढासुब्बा गोल्डकपको विजेता टिम हो ।खेलको ६ मिनेटमा सगरमाथाका लागि विदेशी खेलाडी रिचार्डले गोल गरेका थिए । त्यसपछि दुवै टिमबाट गोल नभएका कारण उनै रिचार्डले गरेको गोल नै निर्णायक बन्यो खेलको म्यान अफ दि म्याच सगरमाथाका रिचार्ड घोषित हुँदै नगद १० हजार प्राप्त गरे ।राष्ट्रिय जागृति क्लब ९राजा०द्दारा आयोजित प्रतियोगिताको विजेता टिमले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने उपविजेता टिमले पाँच लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछ । विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले एक लाख, प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीले १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २० हजार प्राप्त गर्नेछन् ।यसैगरी सर्वाधिक गोलकर्ता खेलाडीले नगद २५ हजार प्राप्त गर्नेछन् भने राइजिङ प्लेयरले एक थान एलइडी टिभी प्राप्त गर्नेछन् ।

