Monday, May 4, 2026
Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home खेलकुद

लोहोरुङ फुटबल क्लब स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश

radio by radio
१ वर्ष अगाडि
in खेलकुद, समाचार
0
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

माघ १९, २०८१ शनिबार,

स्व। कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा लोहोरुङ फुटबल क्लब संखुवासभा सेमिफाइनलमा प्रवेश गरेको छ ।

You might also like

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार भएको खेलमा लोहोरुङले चारतारे फुटबल क्लब लेटाङ, मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलका लागि सिट सुरक्षित गरेको हो ।

खेलको ३१ मिनेटमा लोहोरुङका लागि सुनील खड्काले १ गोल गरेका हुन् । त्यसपछि दुवै टिमबाट गोल हुन नसकेपछि उनै खड्काको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ दि म्याच उनै खड्का घोषित हुँदै नगद पाँच हजार प्राप्त गरे ।प्रतिस्पर्धात्मक भएको खेलमा दुवै टिमका खेलाडीले पटकपटक अवसर गरेपनि गोल गर्नबाट चुके । कोशी प्रदेशस्तरीय प्रतियोगिताको इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भइरहेको छ ।अब लोहोरुङले बिहीबार विजयी बनेको दमक एकेडेमी फुटबल क्लबसँग सोमबार प्रतिस्पर्धा गर्नेछ । आइतबार गाइघाट फुटबल क्लब उदयपुर र सिंहदेवी फुटबल क्लब धनकुटाबीच प्रतिस्पर्धा हुनेछ ।आयोजक द योङ ब्रदर्श क्लबका अध्यक्ष विजय सुब्बाका अनुसार प्रतियोगिताको विजेता टिमले नगद दुई लाख ५० हजार प्राप्त गर्नेछ । उपविजेता टिमले नगद एक लाख ३० हजारमा चित्त बुझाउनेछ ।अघिल्लो वर्ष विजेतालाई दुई लाख २२ हजार प्रदान गरिएको थियो भने उपविजेताले एक लाख ११ हजार रुपैयाँ प्राप्त गरेका थिए । तर, यस वर्ष पुरस्कार राशि बढाइएको उनले बताए । प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद पाँच हजार प्रदान गरिनेछ । यसैगरी विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार, उत्कृष्ट गोलरक्षकलाई नगद १० हजार, उत्कृष्ट डिफेन्डरलाई नगद १० हजार, उत्कृष्ट मिड फिल्डरलाई नगद १० हजार, उत्कृष्ट स्ट्राइकरलाई नगद १० हजार र सर्वाधिक गोलकर्ता खेलाडीलाई नगद १० हजारसहित ट्रफी र मेडलसहित प्रमाणपत्र वितरण गरिने खेल संयोजक एवम् क्लबका संरक्षक विकास केसीले जानकारी दिए ।

प्रतियोगितामा २२ लाख ५५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले जनाए

Previous Post

स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप : आयोजकलाई पराजित गर्दै केराबारी अन्तिम चारमा

Next Post

इटहरी गोल्डकप : सगरमाथा युथ क्लब मोरङ अन्तिम चारमा

radio

radio

Related Posts

खेलकुद

एनपिएल उद्घाटनमा जनकपुरविरूद्ध काठमाडौंले टस जित्यो

by radio
शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
Next Post

इटहरी गोल्डकप : सगरमाथा युथ क्लब मोरङ अन्तिम चारमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

इटहरीबाट मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा एक युवापक्राउ

इटहरीबाट मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा एक युवा
पक्राउ

मोरङको सुन्दरहरैँचामा चार वटा सिलिन्डर बम फेला, डिस्पोजको तयारी

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.