
भदौ ३०, २०८२,
सरकारले असोज १ गते ९ बुधबार शोक दिवस मनाउने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेन(जी आन्दोलनमा मृत्यु भएकाहरूको सम्झनामा शोक दिवक मनाउने निर्णय गरेको गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।उनका अनुसार बुधबार ९असोज १० शोक दिवस मनाउने र त्यस दिन सार्वजनिक बिदा समेत दिने मन्त्रिपरिषद्ले निर्णय गरेको हो।साथै आन्दोलनमा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय झन्डा ओड्याउने निर्णयसमेत गरिएको छ।जेन(जी आन्दोलनका क्रममा देशभरी ७२ जनाले ज्यान गुमाएका छन्।

