
शनिबार, बैशाख ०९, २०८०
रानी बिराटनगर धरान सडक खण्ड विस्तार एवं स्तरोन्नतीको निम्ती त्यस ठाउँको क्षेत्रमा पर्ने विभिन्न खण्डमा सडक निमार्णको लागी संघीय सरकारद्धारा ठेक्का लगाई विभिन्न निमार्ण कम्पनीले आ(आफनो ठेक्का बमोजिम सडक निमार्ण गर्ने कार्य हुदैं आईरहेको थियो । उक्त सडक खण्ड निमार्णमा इटहरी २० तरहरादेखी सेउती पुल सम्मको सडक खण्ड निमार्ण गर्ने जिम्म पाएको ] Himdung Thokar Pacific j.v कम्पनीले सडक निमार्ण कार्यमा ढिला सुस्ती गरे पछी इटहरी उपमाहनगरपालिकाले यस सडक निमार्ण कार्यमा ढिला सुस्ती किन भयो भनि चासो देखाएको छ । हिजो यस उपमाहनगरपालिका मेयर हेमकर्ण पैडेल सहितको टोली सडक निमार्ण भैरहेको स्थलमा पुगी उतm कम्पनीका प्रतिनिधीहरुलाई भेटी निमार्ण कार्यको गति बढाउन भनि मेयर पौडेलले अनुरोध समेत गर्नु भएको छ । मैले सडक निमार्णलाई समयमा नै सक्नु पर्छ भनि बारम्बार कम्पनीलाई अनुरोध गरे पनि कम्पनीले काम ढिलो गरीरहेको समेत पौडेल बताउनुभयो । सडक निमार्ण कार्यमा ढिलासुस्तीका कारण त्यस सडक भएर दैनिक आवतजावत गर्ने सवारी साधनका चालकहरुलाई साधन चलाउन कठिन भैरहेका त्यसैगरी यत्रुहरुलाई साथै इटहरीको माथिल्लो क्षेत्र तरहरा र आसपासका स्थानिय वासिन्दालाई समेत धुलोको कारण जनस्वास्थ्यमा प्रत्यक्ष असर भैरहेको छ । उतm क्षेत्रको सडक निमार्ण गर्ने जिम्मा लिएको कम्पनीका प्रमुख र सडक आयोजनाका प्रमुखले ३ दिन भित्र इटहरी उपमाहनगरपालिकासगंल छलफल गरी सो क्षेत्रको सडक खण्ड आरम्भ गर्न र सम्पन्न कहिले सम्म गर्ने भनी लिखित प्रतिबद्धता जनाउन समेत पैडेलले अनुरोध गर्नु भयो , सथै उतm सडक निमार्ण कार्य द्धुतगतिमा नगरेमा जनस्तरबाट हुने संभावित गतिबिधी र गतिबिधीबाट उत्पन्न हुने परिस्थती र क्षतीको जवाफदेहिता सम्वन्धित निर्माण कम्पनी र कम्पनी सगँ सम्बन्धीत सरोकारवला निकायले लिनु पर्ने समेत मेयर पौडेलले बताउनुभयो ।