Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home राजनीति

अघोषित लोडसेडिङको विरोधमा सडकमा उत्रिए पूर्वका उद्योगी  

radio by radio
३ वर्ष अगाडि
in राजनीति, विविध, समाचार
0
अघोषित लोडसेडिङको विरोधमा सडकमा उत्रिए पूर्वका उद्योगी  
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १०, २०८०

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

नेपाल विद्युत् प्राधिकरणले अघोषित लोडसेडिङ गरेपछि सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगी व्यवसायी सडकमा उत्रिएका छन् ।विद्युत् आपूर्ति नियमित गर्न माग गर्दै उद्योगी व्यावसायीहरू सडकमा उत्रिएका हुन् । नियमित विद्युत् आपूर्ति गर्न नसके लोडसेडिङको कार्यतालिका दिनुपर्ने उनीहरूको माग छ ।उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघलगायता संस्थाले एक सातायता विद्युत् कटौतीको विरोध गर्दै आएका छन् ।मोरङ व्यापार संघले भने आइतबार नेपाल विद्युत प्रधिकरण दुहबी ग्रिडमा धर्ना दिएको छ । धर्नाका क्रममा उद्योगी व्यावसायीले नियमित विजुली दिन नसके लोडसेडिङको कार्यतालिका सार्वजनिक गर्न माग गरे ।नेपाल विद्युत प्रधिकरणले औद्योगिक क्षेत्रमा विहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखी राती १० बजेसम्म दैनिक विद्युत् कटौती गरिरहेको छ । त्यस बाहेक अन्य समयमा पनि विद्युत् कटौती हुने गरेको उद्योगीको गुनासो छ ।मोरङ व्यापार संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य नवीन रिजालले नियमित विद्युत आपूर्ति गर्न नसके कटौतीको कार्यतालिका सार्वजनिक गर्न माग गरे । अनियमित रूपमा विद्युत कटौती हुँदा उद्योगको कच्चा पदार्थमा क्षति पुग्ने गरेको उनले बताए ।उद्योगी व्यावसायीले दुहबी ग्रिडका प्रमुख रोशन खड्कालाई ज्ञापन पत्र बुझाउँदै नियमित विद्युत् आपूर्ति गर्न नसके लोडसेटिङको कार्यतालिका सार्वजनिक गर्न माग गरे । सुनसरी मोरङ औद्योगिक करिडोमा गत मंसिरबाट नै विद्युत कटौती सुरु भएको उद्योगीको गुनासो छ ।नेपाल विद्युत प्राधिकरण दुहबी ग्रिडका प्रमुख खड्काका अनुसार पूर्व क्षेत्रमा गर्मी लागेपछि विजुलीको माग दैनिक २७० देखि २८० मेगावाटसम्म पुगेको छ । आपूर्ती भने २३० देखि २४० मेगावाट मात्रै भइरहेको उनले बताए ।विजुली सप्लाई व्यवस्थापनका लागि औद्योगिक क्षेत्रलाई पिक आवरमा लोडमा राखिने उनले बताए । उनका अनुसार औद्योगिक क्षेत्रको विद्युत कटौती रोक्ने दुई वटा बिकल्प, ‘पहिलो पानीको स्रोत बढ्नु र दोस्रो भारतबाट आयात बढाउनु’ हुन् ।जलासय युक्त आयोजनामा पानी घटेपछि नेपालको उत्पादन घटेको छ । भारतबाट आयात गर्दा पनि पिक आवरमा विजुली नआउने उनले बताए ।कुसाहा–कटैया प्रसारणलाइनबाट दैनिक ७०–८० मेगावाट विजुली पूर्व क्षेत्रका लागि आँउछ । तर विहारबाट आउने विजुली पिक आवरमा भने काटिने उनले बताए ।दुई वटा प्रसारणलाइन मध्ये एउटाबाट मात्रै आँउछ । पिक अवरमा उत्ता माग बढ्दा कटौती गर्छ’, उनले भने, ‘अर्को प्रसारणलाइनबाट थप विजुली ल्याउने प्रयास भइरहेको छ ।’ भारतबाट थप विजुली आए माग धान्न सहज हुने उनको भनाई छ ।

Previous Post

तीन क्षेत्रमा आज उपनिर्वाचन

Next Post

१७ औँ लोकतन्त्र दिवस आज विभिन्न कार्यक्रम गरेर मनाइँदै

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post
१७ औँ लोकतन्त्र दिवस आज विभिन्न कार्यक्रम गरेर मनाइँदै

१७ औँ लोकतन्त्र दिवस आज विभिन्न कार्यक्रम गरेर मनाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

High Street Retailers Pin Hopes On Discount Splurge In Black Friday Fever

रुकुम पश्चिममा बाढीले मोटरसाईकल बगाउँदा २ जनाको मृत्यू!

रुकुम पश्चिममा बाढीले मोटरसाईकल बगाउँदा २ जनाको मृत्यू!

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.