
मङ्गलबार, २६ वैशाख २०८०
सरकारले वैदेशिक रोजगारीबाट फर्किएका नपालीले दुई वटा सम्म मोबाइल फोन ल्याउन पाउने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले थप एउटा मोबाइल फोन ल्याउन पाउने व्यवस्था गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । यसअघि एकजनाले एउटा मात्र मोबाइल फोन ल्याउन पाउने ब्यवस्था थियो । अर्को मोबाइल सेट ल्याउँदा १८ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था थियो।