
बुधबार, बैशाख २७, २०८०
युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगको खेलमा स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्लब म्यानचेष्टर सिटीले बराबरी खेलेका छन् । मंगलबार राति १– १ को बराबरी खेलेका हुन् ।अव मैदानमा बराबरीले सिटीलाई घरेलु मैदानमा हुने दोस्रो लेगमा फाइदा पुग्नेछ ।सिटीले ट्रिपल उपाधि जित्ने सम्भावना कायम राखेको छ । प्रिमियर लिगमा आर्सनललाई पछि पार्दै शीर्ष स्थानमा रहेको सिटी एफए कपको फाइनल पुगिसकेको छ । घरेलु मैदानमा रियललाई रोक्न सके फाइनलमा पुग्नेछ ।रियलको मैदानमा सिटीले एक गोलले पछि परेको अवस्थामा केभिन डे ब्रुएनाको सानदार गोलमा खेल बराबरी गरेको थियो ।घरेलु मैदान सान्टियागोल बर्नामेउमा भिनिसियस जुनियरले पहिलो हाफको ३६औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर रियलले अग्रता कायम रख्न सकेन । ७६औं मिनेटमा डे ब्रुएनाले सिटीका लागि बराबरी गोल गरेका थिए ।