
बुधबार, २७ वैशाख २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएपछि नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतले निवासबाट नियन्त्रणमा लिएको जानकारी दिएको छ ।काठमाडौं प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीले पूर्व गृहमन्त्री खाँणलाई सोधपुछ पछि घर जान दिने कि नियन्त्रणमा राख्ने भनेबारे निर्णय लिने बताए ।सरणार्थी प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् । प्रहरीले खाँण गृहमन्त्री हुँदा मन्त्रालयमा सचिव रहेका टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ
।