
बुधबार, बैशाख २७, २०८०
नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विराटनगर नगर परिक्रमा गराइएको छ । विश्वकप तथा एसिसी प्रिमियर कप जितेर एसिया कपमा स्थान बनाएको टोलीलाई सम्मानसहित नगर परिक्रमा गराइएको हो ।नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति, मोरङ व्यापार संघ तथा उद्योग संगठन मोरङले संयुक्त रूपमा खेलाडीहरूलाई सम्मान तथा नगर परिक्रमा गराएका हुन् ।
कोच मोन्टी देसाईसहित कप्तान रोहित पौडेल, सोमपाल कामी, ज्ञानेन्द्र मल्ल, ललित राजवंशीसहितका खेलाडीहरू विराटनगर आएका थिए ।उनीहरूलाई नगर परिक्रमा गराउन विराटनगर विमानस्थलसँगै विभिन्न स्थानमा समर्थकको भिड लागेको थियो ।

