Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home अर्थ

उद्योग वाणिज्य सङ्घ इटहरीले ‘क’ वर्गको मान्यता प्राप्त

radio by radio
१ वर्ष अगाडि
in अर्थ, समाचार
0
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

मंसिर २, २०८१.

इटहरी उद्योग वाणिज्य सङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घबाट ‘क’ वर्गको मान्यता प्राप्त गरेको छ। यस निर्णयले इटहरीको उद्योग, व्यापार, र व्यवसायिक विकासको क्षेत्रमा नयाँ सम्भावना र अवसरका ढोका खोल्ने विश्वास गरिएको छ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

नेपाल उद्योग वाणिज्य महासङ्घको पदाधिकारी समितिको असोज २ गते बसेको बैठकले इटहरी उद्योग वाणिज्य सङ्घलाई ‘क’ वर्गको मान्यता दिने निर्णय गरेको हो। महासङ्घका महानिर्देशक गोकर्णराज अवस्थीद्वारा हस्ताक्षर गरिएको पत्रमा इटहरी सङ्घले स्तरउन्नतिको लागि गरेको अनुरोधलाई सकारात्मक रुपमा लिंदै यो निर्णय गरिएको उल्लेख गरिएको छ।

सङ्घका अध्यक्ष जीवन पराजुलिका अनुसार, ‘क’ वर्गको मान्यता प्राप्त गर्नु इटहरीका लागि ठूलो उपलब्धि हो। उनले भने, “यो उपलब्धिले इटहरी उद्योग वाणिज्य सङ्घको प्रतिष्ठा बढाएको छ। अब केन्द्रले हामीलाई हेर्ने दृष्टिकोण फराकिलो हुनेछ। सेवा सुविधा र सहयोग पनि बढी प्राप्त हुनेछ, जसले गर्दा हामी व्यवसायिक क्षेत्रमा थप प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम हुनेछौं।”

इटहरीको योगदानलाई कदर

अध्यक्ष पराजुलिले ‘ग’ वर्गमा रहेको सङ्घले यो स्तरोन्नति हासिल गर्नका लागि गरेका प्रयासहरू सफल भएकोमा खुशी व्यक्त गरे। उनले भने, “यो इटहरीको व्यवसायिक विकासका लागि एक कोशेढुंगा हो। यसले स्थानीयस्तरमा व्यापारिक गतिविधिलाई थप सशक्त बनाउन मद्दत गर्नेछ।”

कोशी प्रदेशमा चौथो ‘क’ वर्गको सङ्घ

कोशी प्रदेशमै ‘क’ वर्गको मान्यता प्राप्त गर्नेमा इटहरी उद्योग वाणिज्य सङ्घ चौथो हो। यसले इटहरीको व्यापारिक महत्त्वलाई झल्काउँछ। इटहरीको उद्योग वाणिज्य सङ्घमा १० हजारभन्दा बढी सदस्य आबद्ध छन्, जसले यस सङ्घलाई प्रदेशकै एक प्रभावशाली व्यापारिक संस्थाको रुपमा स्थापित गरेको छ।क्ष्ःन्)द्दण्द्दद्धज्ञज्ञज्ञठ)ज्ञद्धण्ण्ण्ट

स्तरोन्नतिसँगै थप सुविधा

‘क’ वर्गको मान्यता पाएसँगै इटहरी उद्योग वाणिज्य सङ्घलाई महासङ्घबाट थप सेवा सुविधा प्राप्त हुनेछ। महासङ्घका गतिविधिहरूमा इटहरीको प्रतिनिधित्व झन् प्रभावकारी हुने र यस क्षेत्रका व्यवसायीहरूले राष्ट्रियस्तरका विभिन्न अवसरहरूमा सहभागी हुन पाउने अध्यक्ष पराजुलिले जानकारी गराए।

ढिलो आएको आधिकारिक पत्र

यद्यपि असोजमा नै स्तरोन्नतिको निर्णय भएको भए पनि आधिकारिक पत्र भने निर्णयको एक महिना पछि मात्रै प्राप्त भएको हो। अध्यक्ष पराजुलिले महासङ्घलाई धन्यवाद दिंदै थप जिम्मेवारीका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरे।

इटहरी उद्योग वाणिज्य सङ्घले व्यवसायिक वातावरणलाई अझ सुदृढ बनाउँदै इटहरीलाई आर्थिक गतिविधिको प्रमुख केन्द्रको रुपमा विकास गर्नका लागि निरन्तर काम गर्दै आएको छ। यस स्तरोन्नतिले त्यस कामलाई थप गति दिने विश्वास गरिन्छ।

Previous Post

आजदेखि उपनिर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही

Next Post

सुनसरीमा नक्कली सरकारी नम्बर प्लेट प्रयोग गरी गाँजा तस्करी गरेको खुल्यो

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post

सुनसरीमा नक्कली सरकारी नम्बर प्लेट प्रयोग गरी गाँजा तस्करी गरेको खुल्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

कक्षा १२ को पूरक परीक्षा भदौ २८ र २९ मा, फारम बुझाउने सूचना सार्वजनिक

कोशी  प्रदेश : मध्यवधी टार्न आलोपालोको विकल्प

कोशी  प्रदेश : मध्यवधी टार्न आलोपालोको विकल्प

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.