Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home राजनीति

सुनसरीमा नक्कली सरकारी नम्बर प्लेट प्रयोग गरी गाँजा तस्करी गरेको खुल्यो

radio by radio
१ वर्ष अगाडि
in राजनीति, समाचार
0
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बिहीबार २० मंसिर, २०८१

धरानमा मंगलबार साँझ ६९० केजी गाँजासहित पक्राउ परेका सेतो नम्बर प्लेटका गाडी नम्बर र इञ्जिन नम्बर यातायात कार्यालयमा दर्ता नभएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

सरकारी नम्बर प्लेट भएका दुईवटा स्कारपिओबाट ६९० केजी गाँजासहित प्रहरीले एकजनालाई पक्राउ गरेको थियो ।अनुसन्धानका क्रममा उक्त गाडीहरू यातायात व्यवस्था विभागमा दर्ता नभएको र सरकारी गाडी नभई नक्कली नम्बर प्लेट बनाएको खुलेको हो ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक ९डीएसपी० रामप्रसाद तिमल्सिनाका अनुसार नम्बर कीर्ते गरेको खुलेको हो । ती गाडी सरकारी नभई नक्कली नम्बर प्लेट बनाएर प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ तिमल्सिनाले भने, ‘यातायात कार्यालयबाट प्राप्त विवरणअनुसार हालसम्म कतै पनि दर्ता भएको पाइएन ।’उनका अनुसार सरकारी नम्बर प्लेट भएका गाडीको च्याचिस नम्बर र इञ्जिन नम्बर अनुसन्धान गर्दा कहीँ पनि दर्ता भएको छैन ।इञ्जिन र च्याचिस नम्बर नमिलेको र हालसम्म दर्ता पनि नभएको पाइएको छ,’ डीएसपी तिमल्सिना भन्छन्, ‘कहाँ दर्ता भइरहेको भन्ने अनुसन्धान भइरहेको छ ।’धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बरको सरकारी प्लेट भएको स्कारपिओबाट गाँजा बरामद गरिएको र घटनामा एकजनालाई पक्राउ गरिएको छ ।पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका ११ का ३६ वर्षीय श्यामकुमार विश्वकर्मा रहेका छन् । विश्वकर्मा बा १ झ ४६०५ नम्बरको स्कारपिओ चालक हुन् ।बा १ झ ५१२७ नम्बरको गाडी चालक तत्काल फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले उक्त गाडीलाई नियन्त्रणमा लिनका लागि इन्सास राईफलबाट ४ राउण्ड फायर गरेको थियो प्रहरीको अनुसन्धानअनुसार बा १ झ ४६०५ नम्बरको कीर्ते अंकित भएको गाडीको च्यासिस नम्बर इइ१०००००९००० र इञ्जिन नम्बर २इ२८९४१५५ रहेको छ । तर, उक्त नम्बर भएका गाडीहरू कुनै कार्यालयका सरकारी गाडी नरहेको र यातायात नम्बरमा पनि नमिलेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।यसैगरी बा १ झ ५१२७ को कीर्ते नम्बर रहेको गाडीको च्याचिस नम्बर जे।डब्लु।बी।ए।ए बी १४२०३११००६ नम्बर र इञ्जिन नम्बर जीए १३६३०२४८ बी रहेको छ । उक्त गाडी पनि कहीँ दर्ता नभएको खुलेको छ । सो गाडीका चालक भने फरार रहेकाले प्रहरीले विशेष सुरक्षा समिति परिचालन गरी खोजी गरिरहेको छ । पक्राउ परेकामाथि भने लागूऔषध ऐन अन्तर्गत र मुलुकी अपराध संहिताको परिच्छेद २५ को दफा २७६ को उपदफा २ को ९ख० बमोजिम सरकारी कीर्ते सम्बन्धी अनुसन्धान गरिरहेको सुनसरी प्रहरीले जनाएको छ ।

Previous Post

उद्योग वाणिज्य सङ्घ इटहरीले ‘क’ वर्गको मान्यता प्राप्त

Next Post

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

पोखरा विमान दुर्घटना : शव काठमाडौं पठाइँदै

पोखरा विमान दुर्घटना : शव काठमाडौं पठाइँदै

भ्रष्टाचारमा जोसुकैको नाम आओस्, दोषी छ भने कारबाही हुनुपर्छ : ओली

भ्रष्टाचारमा जोसुकैको नाम आओस्, दोषी छ भने कारबाही हुनुपर्छ : ओली

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.