
मङ्गलबार, १६ जेठ २०८०
घोंघी खोला किनारमा पाइने गर्दछ । घोंघीलाई पकाउनुभन्दा पहिले यसलाई कुनै ठूलो भाँडामा राखेर चामलको कनिका वा पिठोमाथिबाट छर्नुपर्दछ । यसलाई कम्तीमा १० घण्टा यत्तिकै छाडिदिने । हतार छैन रातभर यत्तिकै छोडिदिनुपर्दछ । यसले पिठो खाएर माटो ओकल्छ । पकाउनुभन्दा पहिले घोंघीलाई राम्ररी पखाल्नुपर्छ । यसमा लेउ पनि हुने भएकाले सफासित पखाल्नुपर्छ ।त्यसपछि घोंघीको चुच्चो भागलाई काट्नुपर्दछ ताकि घोंघीभित्र मजाले मरमसला पस्न पाओस् र भित्रको मासु तान्न सजिलो होस् । काटिसकेपछि अब पकाउन थाल्ने । आवश्यकताअनुसार तेल हाल्ने र जिरा पड्काउने । त्यसपछि प्याज हाल्दै बाँकी रहेका मसला भुटेर टमाटर हाल्ने । मसला पाकिसकेपछि आधा कप पानी हाल्ने । पानी मज्जाले उम्लिएपछि घोंघी हाल्ने ।घोंघी मज्जाले पाकेपछि त्यसमा थोरै चामलको पिठो हाल्ने जसले गर्दा मज्जाको ग्रेभी बन्छ । आधा घण्टा जति पकाएपछि माथिबाट हरियो धनिँया हाल्ने र यो खानका लागि तयार हुन्छ ।
आवश्यक सामग्री
- आवश्यकताअनुसार घोंघी
- चामलको कनिका र पिठो
- तेल
- बेसार र नुन
- लसुन
- अदुवाको पेस्ट
- काटिएको प्याज र टमाटर
- जिरा र धनिँयाको धुलो