रङ्गेली, मोरङ – रङ्गेली नगरपालिका वडा नं ८, बसपार्क वरिपरि र छठघाट टोलका बासिन्दाहरू पछिल्लो केही दिनदेखि चोरको आतंकमा परेका छन्। राति करिब ११ बजेदेखि ३ बजेको बीचमा चोरले घरभित्र पसेर चोरी गर्ने तथा महिलामाथि हातपात गर्ने घटना लगातार भइरहेको छ।
स्थानीय बासिन्दाहरूले केही दिनअघि मात्र इलाका प्रहरी कार्यालय रङ्गेलीलाई जानकारी गराएका थिए। यद्यपि, प्रहरीको ठोस कदम नचालिएकोले घटनाहरूको श्रृंखला झन् बढ्दै गएको छ।
महिला दिदीबहिनीहरूमा त्रास फैलिएको छ भने टोलबासीहरू असुरक्षित महसुस गरिरहेका छन्। चोरले कहिले पहिलो लुगा, रातो लुगा लगाएर, कहिले मुख छोपेर घरमा छिर्ने प्रयास गरेका घटनाहरू सार्वजनिक भएका छन्।
स्थानीय बासिन्दाहरूले सम्बन्धित निकायलाई तात्कालिक ठोस कदम चाल्न आग्रह गरेका छन् ताकि भविष्यमा थप भव्य घटना नहोस्।

