
२४ पुस २०८०,
कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले शपथ लिएका छन्।राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विष्ट मंगलबार सभामुख निर्वाचित भएका थिए।नवनिर्वाचित सभामुख विष्टलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनियताको शपथ गराएका हुन्।सभामुखको शपथग्रहण समारोहमा मुख्यमन्त्री केदार कार्की, उपसभामुख सृजना दनुवारलगायत उपस्थित थिए।