Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home अर्थ

सहकारीको १५ करोड अपचलनः कारवाहीबाट बच्न कांग्रेस नेता धनराजको श्रीमतीसँग नक्कली डिभोर्स

Sulav Rijal by Sulav Rijal
१ वर्ष अगाडि
in अर्थ
0
सहकारीको १५ करोड अपचलनः कारवाहीबाट बच्न कांग्रेस नेता धनराजको श्रीमतीसँग नक्कली डिभोर्स
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सहकारीको १५ करोड अपचलनः कारवाहीबाट बच्न कांग्रेस नेता धनराजको श्रीमतीसँग नक्कली डिभोर्स
काठमाण्डौं मितेरी सहकारीको १५ करोड रकम हिनामिना प्रकरणले नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ र उनकी पत्नी ज्योती गुरुङले नक्कली डिभोर्स (सम्वन्ध विच्छेद) गरेको विषय अहिले चर्चामा छ। यो विषय संसदीय समितिमा समेत पुगेको छ।

सहकारीका अध्यक्ष कुम्भराज गुरुङले केही समयअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र संसदीय समितिमा धनराज र ज्योतीविरुद्ध उजुरी दर्ता गराएका थिए। ८२ वर्षीय गुरुङ ललितपुरको हालक्ष्मीस्थानमा कार्यालय रहेको मितेरी सहकारीको अध्यक्षसँगै कांग्रेस महासमिति सदस्यसमेत हुन्।

You might also like

बैंकमा नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने तयारी

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने

घट्यो सुनचाँदीको मूल्य, तोलको कति ?

यद्यपी, दिएको उजुरीको विषय लामो समयसम्म बाहिर आएन। गतसाता संसदीय समितिले अध्यक्ष गुरुङलाई बयानमा बोलाएको थियो। उनका अनुसार कोभिड महामारीका समयमा ज्योतीले पटक–पटक गरेर सहकारीको १४ करोड ८१ लाख रूपैयाँ अपचलन गरेको पाईएको छ।

ज्योतिले सहकारीको रकम जितेन्द्र भण्डारी भन्ने व्यक्तिमार्फत थाइल्यान्ड पु-याएर बिटक्वाइनमा लगानी गरेको कुम्भराजले समितिमा बताएका छन्। त्यस बेला ज्योति सहकारीको महाप्रबन्धक थिइन्। उनले रकम हिनामिना गरेको कुरा सहकारीको सञ्चालक समितिलाई थाहा भएपछि बोर्ड वैठकमै बोलाएर धनराज र ज्योतिसँग छलफल भएको थियो।

उनीहरुले त्यतिबेला उक्त रकम थाइल्याण्डको बैंकक जाउआउ गर्ने एक व्यापारीलाई ऋण दिएको बताएका थिए। पैसा फिर्ता गर्ने मौखिक सहमति पनि गरे। त्यसको ४ वर्ष भइसक्दा समेत पैसा फिर्ता नभएपछि आफूले उजुरी दिन बाध्य भएको कुम्भराजको तर्क छ। उनका अनुसार धनराजले ज्योतिसँग डिभोर्स गरेको खबर सुनाएपछि झन् पैसा फिर्ता हुने अन्योल बढेको छ। ज्योति ३/४ वर्षअघि देखि नै फरार छिन्।

तर, धनराज र ज्योतिले डिभोर्स गरे पनि अझै भेटघाट भइरहने र सँगै खाने–बस्ने गरेको आरोप लाग्ने गरेको छ। ऋणको दायित्व आफूमा नसार्न मात्र उनीहरूले डिभोर्स गरेको आरोप छ। तर, धनराजले यो आरोप अस्विकार गर्ने गरेका छन्। ज्योतिले रकम अपचलन गरेको विषयमा आफुलाई थाहा नभएको उनको भनाई छ। उनले ज्योतिसँग ०७६ सालमै आफनो डिभोर्स भएको बताए। सहकारीमा काम गर्दा पटक–पटक थाइल्यान्ड जाने र १५–२० दिन हराउन थालेपछि विवाद भएको र उनले नै डिभोर्सको मुद्दा हालेको धनराजले बताए।

Previous Post

खहरेको भेलले मोटरसाईकल बगाउँदा १ महिलासहित २ जनाको मृत्यु !

Next Post

विराटनगरका पाँच स्थान निषेधित क्षेत्र घोषणा! विराटनगरका पाँच स्थानलाई स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा नजिकै आमरण अनशन बस्ने घोषणा गरेको भोलिपल्ट जिल्ला प्रशासन कार्यालय मोरङले केहि स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

Sulav Rijal

Sulav Rijal

Related Posts

अर्थ

बैंकमा नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने तयारी

by radio
अर्थ

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने

by radio
अर्थ

घट्यो सुनचाँदीको मूल्य, तोलको कति ?

by radio
अर्थ

नेप्से परिसूचक ११ अङ्कले बढ्दा कारोबार रकम पनि बढ्यो

by radio
अर्थ

नेप्से परिसूचक १० अंकले घट्यो

by radio
Next Post
विराटनगरका पाँच स्थान निषेधित क्षेत्र घोषणा! विराटनगरका पाँच स्थानलाई स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा नजिकै आमरण अनशन बस्ने घोषणा गरेको भोलिपल्ट जिल्ला प्रशासन कार्यालय मोरङले केहि स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

विराटनगरका पाँच स्थान निषेधित क्षेत्र घोषणा! विराटनगरका पाँच स्थानलाई स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा नजिकै आमरण अनशन बस्ने घोषणा गरेको भोलिपल्ट जिल्ला प्रशासन कार्यालय मोरङले केहि स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशन इटहरीमा: प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

यौन दुर्व्यवहारको आरोप पक्राउ परे कृषि विज्ञ मदन राई

यौन दुर्व्यवहारको आरोप पक्राउ परे कृषि विज्ञ मदन राई

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.