Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home राजनीति

प्रदेश १ : एमाले संसदीय दलको नेतामा दुई जनाकाे दाबी

radio by radio
३ वर्ष अगाडि
in राजनीति
0
प्रदेश १ : एमाले संसदीय दलको नेतामा दुई जनाकाे दाबी
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्री नियुक्त, ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्

सोमबार, २६ मंसिर २०७९

प्रदेश १ को ठूलो दल नेकपा एमालेमा दुई जना नेताले संसदीय दलको नेताको आकाक्षी देखिएका छन् ।

९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपा एमालेले प्रत्यक्ष २५ र समानुपातिक १५सहित ४० सिट जितेको छ । बहुमतका लागि आवश्यक संख्या भन्दा सात सिटले पछाडि रहेको एमालेमा हिक्मतकुमार कार्की र तिलकुमार मेन्याङ्बो संसदीय दलको नेताको आकाक्षी देखिएका हुन् । 

कार्की झापा क्षेत्र नम्बर ५(२)बाट दोस्रो पटक निर्वाचित भएका हुन् । मेन्याङ्बो ताप्लेजुङको प्रदेशसभा १ बाट निर्वाचित भएका थिए । पार्टीको जिम्मेवारीमा मेन्याङ्बो भन्दा कार्की माथि छन् । संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्ने दौडमा रहेका कार्की एमाले स्थायी कमिटी सदस्य हुन् । मेन्याङ्बो पोलिट व्यूरो सदस्य हुन् ।

मेन्याङ्बो २०५६ सालमा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनी यो पटक पनि प्रतिनिधिसभा सदस्यको आकाक्षी थिए । योगेश भट्टराईले संघको टिकट पाएपछि उनी प्रदेशमा उठेका थिए । कार्की भने २०७४ सालमा पहिलो पटक प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । 

संसदीय दलको नेता बन्नका लागि कार्कीले छलफल र भेटघाट तिब्र बनाएका छन् । बहुमत जुटाउनका लागि उनले अन्य दलसँग पनि छलफल गरिरहेका छन् ।

दलको नेताको आकाक्षी मेन्याङ्बो पार्टी केन्द्रको निर्देशन अनुसार चल्ने बताउँछन् । पार्टीको जिम्मेवारीमा कार्की सिनियर भएपनि आफू पनि आकाक्षी रहेको उनले बताए । ‘सबै नतिजा सार्वजनिक भइसकेपछि सहमतिको आधारमा अघि बढ्छौं,’ उनले भने,‘ पार्टी भित्र छलफल हुन्छ ।’

एमाले भित्र कार्कीलाई मन नपराउने नेताहरुले मेन्याङ्बोलाई अघि सारेका हुन् । मेन्याङ्बोले भने सशक्त रुपमा उभिएका छैनन् । कार्की सिनियर नेता भएका कारण आफ्नो सम्भावना कम भएको उनको बुझाई छ । कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नजिक पनि छन् ।

२०७४ सालको जस्तो पार्टीमा दुई धार नभएका कारण ससदीय दलको नेता छनोटका लागि यो पटक चुनाव हुने अवस्था कम छ ।

प्रदेश १ मा ५६ जना प्रत्यक्ष र ३७ जना समानुपातिक सांसद निर्वाचित हुन्छन् । ५६ मध्ये एमालेले २५, नेपाली कांग्रेसले १७, माओवादी केन्द्रले ९ एकिकृत समाजवादी पार्टीले ३ र राप्रपाले दुई सिट जितेको छ । समानुपातिक तर्फ एमालेले १५, कांग्रेसले १२, राप्रपा र माओवादी केन्द्रले ४–४, जसपा र नेकपा एकिमृत समाजवादी पार्टीले १–१ सिट जितेका छन् ।

Previous Post

सामानुपातिक सांसदको सूची सार्वजनिक गर्दै निर्वाचन आयोग

Next Post

चर्को ब्याजदरको  विरोधमा निर्णायक आन्दोलनको तयारी

radio

radio

Related Posts

राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
राजनीति

मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्री नियुक्त, ९ सदस्यीय बन्यो मन्त्रिपरिषद्

by radio
राजनीति

हमासले सार्वजनिक गरेको ‘बिदाई तस्वीर’मा नेपाली विपिन जोशी पनि

by radio
राजनीति

असोज १ गते शोक दिवस मनाइने, सरकारले दियो सार्वजनिक बिदा

by radio
Next Post
चर्को ब्याजदरको  विरोधमा निर्णायक आन्दोलनको तयारी

चर्को ब्याजदरको  विरोधमा निर्णायक आन्दोलनको तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

कोशीका मुख्यमन्त्री कार्कीद्धारा प्रकाशलाई सहयोगको आश्वासन, प्रकाशले भने–पशुपालन गर्छु !

कोशीका मुख्यमन्त्री कार्कीद्धारा प्रकाशलाई सहयोगको आश्वासन, प्रकाशले भने–पशुपालन गर्छु !

युक्रेनको एउटा नगर नै कब्जा गर्‍यो रुसले, अब सहर नियन्त्रण लिने योजना !

युक्रेनको एउटा नगर नै कब्जा गर्‍यो रुसले, अब सहर नियन्त्रण लिने योजना !

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.