
असार १२, २०८१,
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई० २०८० को नतिजा सार्वजनिक गरेको छ ।
बिहीबार बिहान सार्वजनिक नतिजाअनुसार ५२ दशमलव १४ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३१३ जना विद्यार्थी यस वर्षको परीक्षामा अनुत्तीर्ण अर्थात् ‘ननग्रेड’ भएका छन् ।ननग्रेड हुने छात्रको संख्या १ लाख १४ हजार ४८ छ भने छात्राको संख्या १ लाख २८ हजार २ सय ५७ रहेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।बोर्डका अनुसार सबै विषयमा जीपीए १।६ अर्थात् ‘डी’ ग्रेड नल्याउने विद्यार्थीको रिजल्ट ननग्रेड भएको हो ।सार्वजनिक नतिजाअनुसार ३।६० देखि ४ जीपीएसम्म ९सबैभन्दा राम्रो नतिजा० ल्याउने विद्यार्थी ३१ हजार २०९ जना छन् ।त्यसमा छात्रको संख्या १६ हजार ९ सय १० छ भने र छात्राको संख्या १८ हजार २९८ छ ।जीपीए ३।२० देखि ३।६० सम्म ल्याउनेको विद्यार्थीको संख्या ६८ हजार २५६ छ ।जीपीए २।८० देखि ३।२० सम्म ल्याउने विद्यार्थीको संख्या ७८ हजार ८७६ छ ।जीपीए २।४० देखि २।८० सम्म ल्याउने विद्यार्थी ४१ हजार १७७ छन् ।जीपीए २ देखि २।४० सम्म ल्याउने विद्यार्थीको संख्या २ हजार ९५० छ ।त्यस्तै, जीपीए १।६ देखि २ सम्म ६ ल्याउने विद्यार्थी ६ जना मात्रै छन् । ती सबै छात्र हुन् । यो ग्रेड ल्याउने छात्रा छैनन् ।गएको चैत अन्तिम सातासम्म सञ्चालन भएको २०८० सालको एसईई परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए ।