
बिहिबार, जेठ १८, २०८०
इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्था दुई दिन बिदा दिने निर्णय गरेको छ । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै नगरले बिहीबार र शुक्रवार बिदा दिने निर्णय गरेको हो । नगर शिक्षा समितिको निर्णयअनुसार उपमहानगरपालिकाको शैक्षिक क्यालेण्डर २०८० मा उल्लेखित साउन महिनाको वर्षे बिदाबाट कट्टा हुने गरी दुई दिन उपमहानगर क्षेत्रभित्र सञ्चालित सबै सार्वजनिक तथा संस्थागत विद्यालयहरू बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद सुबेदिद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
पूर्वनिर्धारित परीक्षाहरू भने यथावत् रूपमा सञ्चालन हुनेछ ।