
३० मंसिर २०८०
पाकिस्तानलाई सेमिफाइनलमा रोक्दै युएई यू–१९ एसियाकपको फाइनलमा पुगेको छ ।युएईले पाकिस्तानलाई शुक्रबार ११ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको युएईले अलआउट हुँदै १९३ रनको औसत लक्ष्य तयार पारेको थियो ।पराजयसँगै समूह एको विजेता बनेर आएको पाकिस्तान प्रतियोगिताबाट बाहिरिएको छ । तर समूह बीको उपविजेता बनेर आएको युएई भने पहिलोपटक फाइनलमा पुगेको छ । अब आइतबार उपाधिका लागि बंगलादेश र युएईबीच खेल हुनेछ ।