
२८ मंसिर २०८०
इटहरीमा सम्पन्न पहिलो अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधि बिश्वआदर्श कलेजले जितेको छ । इटहरी ९ स्थित जनता क्रिकेट पार्कमा बिहीबार सम्पन्न फाइनलमा नमुना कलेजलाई ११ रनले पराजित गर्दै बिश्वआदर्शले उपाधि जितेको हो । टस जितेर पहिले ब्याटिङ गरेको बिश्वआदर्शले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो । जवाफमा १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको नमुना कलेजले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १ सय ३७ रन मात्र बनाउन सक्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नमुना कलेजका गौरव कटुवाल, बिश्वआदर्शका भूपाल लुइँटेल वेस्ट बलर, सुमन गहतराज वेस्ट ब्याटर र रोशन शाह उदीयमान खेलाडी बने ।विजेता तथा उपबिजेता खेलाडीहरूलाई कोसी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सर्वजीतराज पाण्डे, सदस्य शिव यादव, क्यान सुनसरी सचिव सञ्जीव ढुङ्गाना, बिश्वआदर्श कलेजका प्राचार्य गणेश दुलाल लगायतले पुरस्कार वितरण गरे । इटहरी आदर्श जाइन्ट्सको आयोजना र क्लाउड एजुकेसन एन्ड भिसा सर्भिसको प्रयोजनमा मङ्सिर २५ गते देखी भएको प्रतियोगितामा इटहरी क्षेत्रका ८ वटा कलेजको सहभागिता रहेको थियो ।