
४ माघ २०७९,
चुनाव सम्पन्न भएको दुई महिनापछि सातवटै प्रदेशसभामा सभामुख पनि चुनिएका छन् । सभामुख चयन सकिएपछि अब प्रदेशसभा नियमित रुपमा सञ्चालन गर्न सहज भएको छ । सत्ता साझेदार दलहरूबीच केन्द्रीय भागबण्डाअनुसार नेकपा माओवादी केन्द्रबाट ४, नेकपा एमालेबाट २ र राप्रपाबाट एक जना प्रदेशसभाका समाभुख निर्वाचित भएका छन् ।
यसपटक प्रदेश १ बाट माओवादी केन्द्रका बाबुराम गौतम, मधेश प्रदेशमा एमालेका रामचन्द्र मण्डल, वाग्मती प्रदेशका राप्रपाका भुवन पाठक, गण्डकी प्रदेशका माओवादी केन्द्रका कृष्ण धिताल, लुम्बिनीमा माओवादी केन्द्रका तुलाराम घर्ती, कर्णालीमा एमालेकी नन्दा गुरुङ र सुदूर पश्चिममा माओवादी केन्द्रकी भीमबहादुर भण्डारी निर्वाचित भएका छन् । तीमध्ये कर्णालीमा पहिलो पटक महिला सभामुख नन्दा गुरुङ निर्वाचित भएकी हुन् ।