
४ माघ २०७९,
नेपाली काङ्ग्रेसले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने भएको छ ।
विश्वासको मत लिन आज बसेको प्रदेशसभा बैठकमा काङ्ग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताए ।
उनले जसपा नेतृत्वको सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने बताएका छन् ।
बुधबार प्रदेशसभाको बैठकमा बोल्दै सांसद यादवले काङ्ग्रेसले वर्तमान सरकारलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका हुन ।
उनले सत्तारुढ गठबन्धनको पर्याप्त बहुमत हुँदाहुँदै काङ्ग्रेसले मत दिँदै प्रतिपक्षी बेञ्चमा बसेर भूमिका निर्वाह गर्ने बताए ।