
बुधबार, १७ जेठ २०८०
सरकारले पाठेघर क्यान्सरविरुद्धको ‘एचपीभी खोप’ कार्यक्रम विस्तार गर्ने योजना ल्याएको छ । स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरासियाले असार मसान्तसम्म २० हजार भाइल एचपीभी खोप नेपाल भित्रिने बताउनुभयो ।भविष्यमा यसलाई निःशुल्क पनि ल्याउन सकिन्छ । अहिलेको अवस्थामा भने खरिद गरिएको छ ।’आर्थिक वर्ष २०८०र८१ को वार्षिक बजेटमा ९ देखि १४ वर्षका किशोरीहरूका लागि लक्षित गरी यो कार्यक्रमलाई विस्तार गरिने भनिएको छ । हुन त, यो कार्यक्रम सरकारले आर्थिक वर्ष २०७६र०७७ को नीति तथा कार्यक्रममा नै घोषणा गरेको थियो तर हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।खोप शाखा प्रमुख डा अभियान गौतमले खोप असारसम्म आइसक्ने पुष्टि गर्दै भन्छन्–‘खोप गाइडलाइनका लागि काम गरिरहेका छौं । कुन ठाउँ र कसरी सुरु गर्ने भन्ने निर्णय मन्त्रालयको हुन्छ र कार्यक्रमको गाइडलाइन हामीले बनाउने हो । मन्त्रालयको स्वीकृति आउन बाँकी छ ।’ उनले अहिले थोरै संख्यामा मात्र खोप आउने भएकाले तत्काल राष्ट्रिय खोप तालिकामा समावेश गर्नेबारे सोचिनसकेको बताउनुभयो । सरकारले सन् २०१६र२०१७ मा चितवन र कास्कीमा ११ देखि १३ वर्षसम्मका किशोरीमा एचपीभी खोप परीक्षण गरेको थियो । २०१९ मा स्वास्थ्य मन्त्रालयले यो खोप ल्याउन खोप शाखालाई २ करोड ७५ लाख र भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई ५ करोड रुपैयाँ विनियोजन गरेको थियो ।