
मंगलबार, जेठ १६, २०८०
सरकारले आगामी आर्थिक वर्ष २०८०– ८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले अनुमानित बजेट प्रस्तुत गरेका हुन् । यो चालु आर्थिक वर्ष २०७९–८० को भन्दा कम हो ।चालु वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।