
०७ असोज २०८२,
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षा क्षेत्रमा सुधारका उद्देश्यले तीन बुँदे निर्देशन जारी गरेका छन्।
उनले नेपालभरका सामुदायिक माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षाबाट विद्यार्थीहरू वञ्चित हुन नपरोस् भन्ने हेतुले प्रत्येक विद्यालयमा कम्तीमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नुपर्ने बताएका छन्।
त्यस्तै, केही विश्वविद्यालयहरूले परीक्षा लिएर नतिजा प्रकाशन गर्न आठ महिना देखि एक वर्षसम्म ढिलाइ गर्ने गरेको गुनासो प्राप्त भएको भन्दै मन्त्री पुनले अब बढीमा तीन महिनाभित्र परीक्षाफल अनिवार्य सार्वजनिक गर्न निर्देशन दिएका छन्। समयमा नतिजा ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गरिने चेतावनीसमेत उनले दिएका छन्।
यस्तै, त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरमा रहेका झाडी फाँडेर ९ठूलो रुख नकटाई० सुन्दर बगैँचा र फुटपाथ निर्माण गरी वातावरण आकर्षक बनाउन पनि उनले निर्देशन दिएका छन्।

