
शुक्रबार, जेठ २६, २०८०
सुनसरीको इटहरी २ स्थित माया घर नेपालले बिहीबार दोस्रो विशेष साधारण सभा सम्पन्न गरेको छ । इटहरीको दुर्गा पार्टी प्यालेसमा सम्पन्न सभाले संस्थामा नयाँ कार्य समिति चयन गरेको छ । सभाले संस्था कि निवर्तमान सचिव सुभद्रा प्याकुरेल अध्यक्षमा निर्वाचित गरेको छ भने उपाध्यक्षमा २ जना राधिका थापा , सुशीला सिटौला निर्वाचित भएकी छिन । त्यस्तै सचिव सुमी थापा , सह–सचिव योशा गुरागाईँ , कोषाध्यक्ष लक्ष्मी बराल , र सदस्यहरूमा अञ्जना कुमारी विष्ट , सरस्वती कुमारी शर्मा , सुनिता कुमारी सुवेदी९खनाल०,अजित सुवेदी , रिता मिश्र सुवेदी निर्वाचित भएका छन् ।महिलाहरूको सानो प्रयास र हिम्मतले जन्माएको माया घर नेपालले बिहीबारदेखि सुभद्रा प्याकुरेलको नेतृत्वमा नयाँ कार्य समिति पाएको हो ।कार्य व्यस्तताका कारण संस्थालाई समय दिन नसकेको बताउँदै नेतृत्व अरूलाई सुम्पेको तर संस्थापक भने आफै स्वयम रहने निवर्तमान अध्यक्ष राधिका दाशीले बताउनुभयो । सिङ्गो देसलाई सडक मानव मुक्त बनाउने अभियानमा जुटेको माया घर नेपालको बिहीबार सम्पन्न विशेष साधारण सभामा संस्था कि संस्थापक अध्यक्ष राधिका दाशीले माया घर नेपाल स्थापना भएदेखि अहिले सम्म कुल ४ हजार बढी मानिसलाई सडकबाट उद्धार गरी समाजमा पुनः स्थापना तथा परिवारहरूसँग पूर्ण मिलन गराएको प्रतिवेदन पेस गर्नुभएको थियो । आफ्नो कार्य व्यस्तताका कारण संस्थाको नेतृत्व अरूलाई हस्तान्तरण गरे पनि संस्थापक भने उनी आफै रहने बताउनुभयो ।
त्यस्तै गएको आर्थिक वर्षको २०७९ / ८० सुरूभएदेखि २०८० वैशाख मसान्त सम्म माया घर नेपालले ७२लाख ४५ हजार १४१ कुल आम्दानी गरेको र त्यसमा ५५ लाख १३ हजार ५०१ खर्च भएको प्रतिवेदन पेस गरिएको थियो ।माया घर नेपालको भवन निर्माण कालागि अहिले एक इट्टा अभियान चलाइएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । करिब ६ करोडको लागतमा बन्ने नयाँ भवनको डिपिआर भइरहेको पनि संस्था कि संस्थापक राधिका दाशीले प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । कोसी प्रदेश सांसद तथा कार्यक्रमका प्रमुख अतिथि रेवती रमण भण्डारीले माया घर नेपालले गरेको सामाजिक कामहरूको खुलेर प्रशंसा गरेका थिए । देशमा सङ्घीयता आएर गाउँ गाउँमा सिंहदरबार पुगे पनि तिनै तहको सरकारले नगरेको काम संस्थाले गरेर देखाएको प्रति माया घर लाई विशेष धन्यवाद दिएका थिए ।