
बिहीबार, २५ जेठ २०८०
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा माग गरेको छ । कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले विज्ञप्ति जारी गर्दै अल्पमतमा परेका मुख्यमन्त्रीको राजीनामा माग गरेका हुन् । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि कार्की अल्पमतमा छन् । मुख्यमन्त्री कार्कीले संसद अधिवेशन अन्त्य गरेर अध्यादेश मार्फत बजेट ल्याउने तयारी गरेका छन् । अध्यादेश मार्फत बजेट ल्याए प्रदेशमा झन अस्थीरता थपिने कांग्रेसको दाबी छ । अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभाको अधिवेशन स्थगन गर्नुले यो सरकार गैर जिम्मेवार र प्रदेशमा झन समस्या थप्न तिर उद्धत भएको प्रष्ट हुन्छ,’ विज्ञप्तिमा भनिएको छ,‘।।।लोकतान्त्रिक मुल्य मान्यतालाई आत्मसाथ गर्दै अल्पमतमा रहेको सरकारले नैतिक रुपमा राजीनामा दिएर लोकतान्त्रिक मान्यता अनुरुप आगामी सरकार निर्माण गर्नका लागि मार्ग प्रशस्त गर्न समेत आग्रह गर्दछौं ।’