बुधबार, जेठ २४, २०८०
पछिल्लो समय अत्यधिक गर्मीको कारणले गर्दा इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्था अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै नगरले २०८० जेष्ठ २१ देखी २४ सम्म गते सम्म ४ दिन बिदा दिएको थियो । उक्त बिदा साउन महिनाको वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालयहरू बिदा दिइएको दिएको थियो् भने पछिल्लो समयमा पनि मौसममा सुधार नआए पछि फेरी वर्षे बिदाबाट कट्टा हुने गरी २०८० ज्येष्ठ २५ गते र २६ गते २ दिन बिदा दिएको माहाशाखा पमुख सुर्य प्रसाद सुबेदीले बताउनुभयो ।
