
८ फागुन २०७९
पूर्वस्वास्थ्यमन्त्री प्रा। डा। मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ ।लामो समयदेखि दम र छातीको सङ्क्रमणको उपचार गराइरहेका श्रेष्ठको आज बिहान अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो ।श्रेष्ठ मानवअधिकार क्षेत्रका अगुवा समेत हुनुहुन्थयो । वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाउनु भएको थियो ।२०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली भएपछि बनेको सरकारमा उहाँ नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री बन्नुभएको थियो ।उहाँको मङ्गलवार भोलि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने उहाँका छोरा डा । जया श्रेष्ठले जानकारी दिनुभएको छ ।