

३ फागुन २०७९
प्रदेश १ को ठूलो सरकारी अस्पतालमा एक वर्षमा तीन जना मेडिकल सुपरीटेन्डेन्ट ९मेसु० परिवर्तन भएका छन् । पछिल्लो एक वर्षमा तीन जना मेसु परिवर्तन भएका हुन् ।पछिल्लो पटक कन्सटेन्ट सर्जन डाक्टर रविनराज सिंह मेडिकल सुपरीटेन्डेन्ट नियुक्त भएका छन् । उनी भन्दा अघि डाक्टर फिजिसियन डाक्टर लक्ष्मीनारायण यादव मेडिकल सुपरीटेन्डेन्ट थिए । लक्ष्मीनारायण भन्दा अगाडि हाडजोर्नी तथा नसा रोग विषेशज्ञ डाक्टर यज्ञराज खरेल थिए ।
अस्पाल प्रशासनका अनुसार पछिल्लो पटक डाक्टर चुमनलाल दासले मात्रै एक वर्ष काम गरे । २०७७ असार १ गते मेसुको जिम्मेवारी पाएका दास २०७८ फागुन ४ गतेसम्म जिम्मेवारीमा थिए ।
२०७८ फागुन ५ गते डाक्टर यज्ञराज खरेलले निमित्त मेडिकल सुपरीटेन्डेन्टको जिम्मेवारी पाए । तर उनको जिम्मेवारी सात महिनामै खोसियो ।
२०७९ भदौ १५ गतेदेखि उनी अस्पतालको पुरानै जिम्मेवारीमा फर्किदा २०७९ भदौं १६ गते डाक्टर लक्ष्मीनारायण यादवले मेडिकल सुपरीटेन्डेन्टको जिम्मेवारी पाएका थिए ।
जिम्मेवारी पाएको छ महिना नबित्दै स्वास्थ्य मन्त्रालयले यादवको जिम्मेवारी पनि खोसेको छ । मन्त्रालयले मंगलबार निमित्त मेसुको जिम्मेवारी डाक्टर रविनराज सिंहलाई दिएको छ । उनी दसौं तहका हुन् ।
कोसी अस्पतालमा मेसुको दरबन्दी ११ औं तहको छ । अस्पतालमा ११ औं तहका दुई चिकित्सक छन् । तर मन्त्रालयले भने दस औं तहका चिकित्सकलार्य निमित्त जिम्मेवारी दिएको हो ।
यसअघिका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर यादव र अस्पताल विकास समितिबीच विवाद थियो । विवादका कारण अस्पताल विकास समितिको बैठक बस्न सकेको थिएन । उनी मेसु भएपछि आइतबार पहिलो पटक विकास समितिको बैठक बसेको थियो । सोमबार उनको जिम्मेवारी खोसिएको हो ।
निमित्त मेसुको जिम्मेवारी सिंहले अस्पतालको सेवा सुविधालाई सुधार गर्ने प्रतिवद्धता जनाएका छन् । अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले नयाँ मेसुले अस्पतालले प्रदान गर्ने सेवा सुविधालाई गुणस्तरीय बनाउन ध्यान दिनुपर्ने बताए ।