
इटहरी उपमहानगरपालिका(६ मा रहेको सेन्टर प्लाजामा भीषण आगलागी भएको छ। बुधवार बिहान करिब ९स्४३ बजे भवनको पाँचौँ तलाबाट अचानक आगलागी सुरु भएको थियो।
घटनास्थल इलाका प्रहरी कार्यालय इटहरीबाट करिब ३०० मिटर पश्चिममा पर्ने भएकाले उद्धार कार्य तत्काल सुरु गरिएको थियो।
मध्यान्न १२स्०५ बजेसम्म ८ पुरुष र ३ महिला गरी जम्मा ११ जनाको सफल उद्धार गरिएको र उद्धार गरिएका तीन जनालाई उपचारका लागि इटहरी अस्पताल सुनसरी प्रहरीले जानकारी दिएको छ ।
उद्धार गरिएका व्यक्तिहरूको नामावली
१। मेरिका राई ९२३ वर्ष० – भोजपुर, आमचोक
द्द। लक्ष्मी श्रेष्ठ ९२६ वर्ष० – कैलाली
घ। विजय धामी ९२६ वर्ष० – सुनसरी, वराहक्षेत्र
द्ध। विष्णु तामाङ – काभ्रे ९उमेर खुल्न बाँकी०
छ। ःम् व्ब्थ् – बङ्गलादेश ९उमेर खुल्न बाँकी०
ट। सञ्जय जैसवाल ९४४ वर्ष० – धनुषा, कमला ९
ठ। दिया राय ९२४ वर्ष० – मोरङ, विराटनगर(१५ – इटहरी अस्पतालमा उपचाररत
ड। विशाल सिंह ९२८ वर्ष० – ९दिया रायका श्रीमान्० – इटहरी अस्पतालमा उपचाररत
ढ। आशिष चौधरी ९२४ वर्ष० – सुनसरी, रामधुनी(७ – इटहरी अस्पतालमा उपचाररत
अन्य दुई जनाको भने परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
यी मध्ये दिया राय, विशाल सिंह र आशिष चौधरीलाई इटहरी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।
आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीको नेतृत्वमा २५ जनाको प्रहरी टोली तत्काल खटिएको थियो।
आगलागी नियन्त्रणका लागि थप मद्दत गर्न कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहाल, जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाको नेतृत्वमा ७० जना प्रहरी खटिएका थिए।
त्यसैगरी, सशस्त्र प्रहरी ४ नं। हेडक्वार्टरबाट प्रहरी उपरीक्षक निमल कुमार थापाको कमाण्डमा ७७ जना, नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीबाट प्रहरी उपरीक्षक विनोद घिमिरेको कमाण्डमा ७५ जना, नेपाली सेनाको भगवती दल इटहरीबाट सेनानी शुभसम्शेर जबरा नेतृत्वमा ५० जना र नेपाल प्रहरी विशेष सुरक्षा गण, दुहबीबाट प्रहरी निरीक्षक गजेन्द्र कटवाल नेतृत्वमा ५० जना थप सुरक्षाकर्मी परिचालन गरिएको थियो।
आगो निभाउन इटहरी, दुहबी, रामधुनी, धरान, बेलबारी, इनरुवा, वराहक्षेत्र, विराटनगर लगायतका १२ वटा दमकल परिचालन गरिएको थियो।
अहिलेसम्म आगलागीको कारण खुल्न सकेको छैन। क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। आगलागीबाट कति आर्थिक तथा भौतिक क्षति भयो भन्नेबारे अनुसन्धान जारी रहेको छ।