Sunday, February 1, 2026
Date
आइत, माघ १९, २०८२
Sun, February 1, 2026
Radio Pariwartan
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Pariwartan
No Result
View All Result
Home जीवन शैली

वायु प्रदूषणबाट जोगिन चिकित्सकको सुझाव

radio by radio
१० महिना अगाडि
in जीवन शैली, समाचार
0
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
काठमाडौँमा वायु प्रदूषण काठमाडौँको मनमैँजुबाट बिहीबार बिहान देखिएको वायु प्रदूषणका कारण तुवाँलोले ढाकेको आसपासको क्षेत्र ।पछिल्ला केही दिनमा उपत्यकाको वायु प्रदूषण बढेको छ, जसका कारण आँखा पिरो हुने, खाँटी खसखसाउने जस्ता समस्या देखिएको छ । तस्बिर : हरिराम भेटुवाल/रासस

चैत २४, २०८१ आइतबार 

देशैभरको वायु प्रदूषित हुँदा आमनागरिकको दैनिकी असहज बन्दै गएको छ।

You might also like

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

वनमा लागेको डढेलो, कृषकहरुले खेतबारीमा संकलन भएका झारपातमा लगाइने आगो, औद्योगिक धुवाँ, निर्माणबाट उड्ने धुलोलगायतले हावाको गुणस्तर बिगारेर प्रदूषण बढाइरहेको छ । विशेषगरी श्वासप्रश्वास र आँखामा समस्या देखिन थालेको छ।

वरिष्ठ श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ प्रा डा शीतल अधिकारी श्वासप्रश्वासका बिरामीका लागि अहिलेको अवस्था अत्यन्तै नराम्रो भएको बताउँछन्। अहिले देखिएको प्रदूषणले तत्कालीन रूपमा खोकी र श्वास फेर्ने समस्याबाहेक दीर्घकालीन रूपमा फोक्सोमा खत बस्ने तथा रोग प्रतिरोधी क्षमता कमजोर बनाउने जोखिम रहेको उनको भनाइ छ।

उनको भनाइमा कोभिडले फोक्सोमा असर गरेका बिरामीलाई यो प्रदूषणले सामान्य अवस्थाभन्दा बढी जोखिममा हुने गर्छ। चितवन मेडिकल कलेजमा कार्यरत अधिकारी भन्छन्, “अस्पतालमा श्वासप्रश्वासका बिरामीको सङ्ख्या बढिरहेको छ, नियमित औषधि सेवन गर्नेलाई यस्तै अवस्था रहिरहे औषधिको मात्रा थप्नुपर्ने अवस्था आउँछ।”

विशेषगरी बालबालिका, वृद्धवृद्धामा मुटु र मिर्गौलाका रोगीलाई यो प्रदूषणबाट जोगाउनुपर्नेमा चिकित्सकको जोड छ। बालबालिकाको रोगसँग लड्ने क्षमता पूर्ण विकसित नहुने भएकाले उनीहरू बाहिर खेल्दा धुलोको सम्पर्कमा आउँदा दम र श्वासप्रश्वासका समस्या बढ्न सक्ने अधिकारीको भनाइ छ।

वायु प्रदूषणका कारण धुलोका कण र रसायनसहितको हावा हाम्रो फोक्सोमा पुग्ने बताउँदै उनले भने, “हाम्रो शरीरको प्रतिरक्षात्मक प्रणालीले केही हदसम्म ‘फिल्टर’ गर्छ, तर बाँकी प्रदूषण फोक्सोको भित्री भागसम्म पुगेर खोकी, श्वास फेर्न गाह्रो हुने र दीर्घकालीन असरहरू निम्त्याउँछ।”

हाल अस्पतालमा आउने बिरामीमध्ये धेरैलाई खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र कतिपयको खकारमा कालो तथा फोहर मिसिएको जस्तो देखिने गरेको छ। पहिलेदेखि श्वासप्रश्वासको समस्या भएकाहरूलाई यो प्रदूषणले झन बढी प्रभावित बनाएको उनले बताए।

अहिलेको अवस्थामा बिहानको व्यायाम र बाहिरी गतिविधि कम गर्न आवश्यक रहेको उनले सुझाव दिए। उनले भने, “बजार क्षेत्रमा ताजा हावा लिने अवस्था छैन, बाहिर निस्कँदा मास्कको प्रयोग अनिवार्य गर्नुपर्छ, तर साना धुलाका कण मास्कले पनि पूर्ण रूपमा रोक्न सक्दैन।” श्वासप्रश्वाससम्बन्धी समस्या भएकाहरु घरमा नै बस्दा उत्तम हुने उनको भनाइ छ। खानपिनको सफाइमा पनि ध्यान दिनुपर्ने उहाँले सुझाव दिए।

भरतपुर आँखा अस्पतालका वरिष्ठ आँखा रोग विशेषज्ञ डा कुमुदिनी सुवेदीले पछिल्ला दिनमा आँखाका बिरामीको सङ्ख्या बढ्दै गएको बताए। अहिलेको वायु प्रदूषणका कारण आँखा पोल्ने, आँसु आउने, आँखा खोल्नै कठिन हुनेजस्ता समस्या लिएर बिरामी अस्पताल आउने गरेको बताए।

अहिलेको प्रदूषणले बालबालिकामा बढी असर पारेको उनको भनाइ छ। उनले भने, “बालबालिकामा आँखा रातो हुने, चिलाउनेजस्ता समस्या आएको पाइएको छ।” बालबालिका बाहिर खेल्न जाँदा बढी समस्या आउने गरेको भन्दै उनले बालबालिकालाई बाहिर खेल्न नदिनसमेत सुझाव दिए।

आँखा पोल्यो भनेर पानीले आँखा भिजाउन नहुने उनको सुझाव छ। बाहिर हिँड्दा चस्माको प्रयोग गर्न आवश्यक रहेको उनको भनाइ छ। बिहानमा बाहिर नहिँड्न पनि उहाँले आग्रह गरे।

भरतपुर अस्पतालका वरिष्ठ वालरोग विशेषज्ञ डा किरण देवकोटा बालबालिकामा अहिलेको प्रदूषित वायुले असर गरेको बताउँछन्। पहिलेको तुलनामा अहिले अस्पतालमा आउने बालबालिकाको सङ्ख्या बढेको बताउँदै उनले यो अवस्थामा बालबालिकालाई बाहिर निस्कन नदिन सुझाव दिए।

प्रदूषित वायुका कारण बालबालिकामा श्वाशप्रश्वासको समस्या बढी देखिएको उनले बताए। उनले भने, “बच्चामा रुघाको जस्तै लक्ष्यण देखिने तर छातीमा धेरै असर नगरेको भए पनि घाँटीमा र श्वास नलीमा असर गरेको छ।” श्वासनलीको माथिल्लो भागमा असर गरेर यही बढ्दै गएर निमोनिया हुने गरेको उनले बताए।

अहिले विद्यालयमा वार्षिक परीक्षा सकेर बिदा दिइएको छ। यो समयमा अधिकांश बालबालिका बाहिर खेल्न रुचाउने भन्दै उनले घरभित्रै राख्न र प्रदूषणबाट जोगाउन सुझाव दिए।

Previous Post

इटहरीमा आगलागी: ११ जनाको उद्धार (नामावलिसहित)

Next Post

तीनकुने घटना : रवीन्द्र र धवलसहित २० जनालाई १५ दिनको म्याद थप

radio

radio

Related Posts

शिक्षा

त्रिविले सार्वजनिक गर्‍यो ३ महिनाभित्र नतिजा प्रकाशन गर्ने क्यालेन्डर, कुन तहको परीक्षा कहिले?

by radio
विविध

छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by radio
जीवन शैली

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

by radio
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु

by radio
प्रवास

भारतमा फैलियो जेन-जी आन्दोलन, ४ जनाको मृत्यु, भाजपा कार्यालयसहित धेरै ठाउँमा आगजनी

by radio
Next Post

तीनकुने घटना : रवीन्द्र र धवलसहित २० जनालाई १५ दिनको म्याद थप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

नेप्से परिसूचक ११ अङ्कले बढ्दा कारोबार रकम पनि बढ्यो

रानी बिराटनगर धरान सडक खण्ड चाडो विस्तार गर्न मेयर पौडेलको चेतावनी

रानी बिराटनगर धरान सडक खण्ड चाडो विस्तार गर्न मेयर पौडेलको चेतावनी

About Us

पो. ब. नं.: १५१, ईटहरी, सुनसरी
फोन नं.: ०२५-५८२१९६
इमेल: info@radiopariwartan.org.np
www.radiopariwartan.org.np

Our Team

  • अध्यक्ष :- सुशिला लम्साल
  • निर्देशक :- सुजता भट्टराई
  • प्रवन्ध संपादक : सबिना गौतम

  • संपादक : अमर खड्का
  • मार्केटिङ् :- शुलव रिजाल
  • रेपोटर: सुबास खत्री
  • टेक्निसियन : शोम खतिवडा

Find us Here

© 2023 Radio Pariwartan All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2023 Radio Pariwartan All Rights Reserved.