
जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणासहित २० जनालाई १५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले राज्यविरूद्धको कसुरमा पक्राउ परेका रविन्द्र मिश्र, सांसद धवलशम्शेर राणासहित २० जनालाई थप १५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा प्रहरीले रविन्द्र मिश्रसहित २० जनालाई पक्राउ गरेको थियो। उनीहरुमाथि राज्यविरूद्धको कसुरमा अनुसन्धान भइरहेको छ ।उनीहरूसहित ५३ जनामाथि भने आपराधिक उपद्रव र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ। प्रहरीले अहिलेसम्म तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको क्रममा ७३ जनालाई पक्राउ गरेको छ ।राजावादी समूहका तर्फबाट १५ चैतमा भएको प्रदर्शनमा दुई जनाको ज्यान समेत गएको थियो ।