
शुक्रबार, १० चैत २०७९
वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको उपचारको क्रममा निधन भएको छ ।उहाँका आफन्त नरोत्तम वैद्यका अनुसार ताम्राकारको ८६ वर्षको उमेरमा काठमाडौँको न्यूरो अस्पतालमा गएराति करिब १० बजे निधन भएको हो ।पछिल्लो समयमा कृष्णा ताम्राकार क्यान्सरबाट प्रभावित हुनुहुन्थ्यो । २०१८ साल जेठ २४ गते रेडियो नेपालमा आवद्ध उहाँले २०४९ सालमा रेडियो नेपाल छोड्नु भएको थियो ।सुरुमा हिन्दी भाषामा समाचार पढ्न छनोट भए पनि पछि ताम्राकारले नेपाली भाषामा समाचार उत्पादन तथा वाचनका साथै कार्यक्रम पनि चलाउनु भएको थियो ।रेडियो नेपाल छोडेपछि पनि विभिन्न रेडियोमा काम गर्नु भएका उहाँ विशेष गरी नेपाली भाषामा शुद्ध उच्चारण गर्ने रेडियोकर्मीको परिचय बनाउनु भएको थियो ।केही दिनअघि एक कार्यक्रममा सम्मानित भएपछि ताम्राकारले नेपाली भाषाको संरक्षणका लागि आफूले सकेजतिको योगदान दिएको अनुभव सुनाउनु भएको थियो ।ताम्राकारले कोरोनाको समयमा प्रभावित र जोखिममा परेका नागरिकलाई सन्देश िदने शृङ्खला ूकोरोना क्याप्सुलू पनि सञ्चालन गर्नु भएको थियो ।