
शनिबार, मंसिर ०२, २०८०
देशभर चिसो बढेकाले सचेत हुन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात सुरु भएकाले चिसो बढेको जनाएको छ ।अरु क्षेत्रको तापक्रम पनि क्रमिक रूपमा घटिरहेकाले त्यसबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।विभागले आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहने भए पनि बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जनाएको छ । दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने विभागको अनुमान छ ।कोशी, वागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।