
शुक्रबार, १ मंसिर २०८०
सूर्यको पूजाआजा गरी मनाइने छठपर्व शुक्रबार ९आज बाट सुरु भएको छ । चार दिनसम्म मनाइने छठको पहिलो दिन नहाय खाय गरिन्छ । यो दिन ब्रतालुले स्नान गरी अरबा अरबाईन भोजन गर्दछन् । परिवारको सुख र समृद्धिको कामना गर्दै मनाइने छठपर्वको दोस्रो दिन ब्रतालुले प्रसादको रुपमा चामल, सक्खर र दूध मिसाएर बनाएको खीर खान्छन् । यो परिकारलाई खरना भनिन्छ । तेस्रो दिन अर्थात आउँदो आइतबार छठ पर्वको मुख्य दिन परेको छ । यो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गरिन्छ । यो दिन ‘छठीमाता’ को गीत गाइ जागराम बस्ने गरिन्छ चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्व विधिवत समापन हुन्छ । छठको मुख्य दिन आइतबार सार्वजनिक विदा दिइएको छ । छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया, कुरबार, हातीलगायत सामग्री चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारका मिठाई तथा फलफूल आदि सूर्यलाई चढाउने गरिन्छ ।अस्ताउँदो र उदाउँदो सुर्यलाई अघ्र्य दिन ब्रतालुहरू ४८ घन्टासम्म पानी पनि नखाई कठोर उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्यलाई अर्घ्य दिन तयार गरिने परिकारहरु अत्यन्तै निष्ठापूर्वक तयार गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्व पनि मानिन्छ ।