

मङ्गलबार, २६ असार २०८०
इटहरीउपमहानगरपालिका का नगर प्रमुख हेमकर्ण पौडेल ,९प्रमुख संगिता कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहता,शिक्षा महाशाखाका अधिकारीहरु,खाद्यका अधिकारीहरु सहित आज इटहरीका विभिन्न संस्थागत तथा सामुदायिक विद्यालयहरुको छात्रबासहरुमा पुगी छात्रबासहरुको भौतिक अवस्था,मेसको गुणस्तर समेतको अवस्थाका विषयमा स्थलगत अनुगमन भएको छ । अनुगमन गरि मापदण्ड नपुगेको सेकेण्डरी माध्यमिक विद्यालयको छात्रबास शिल गरि सुधार गर्नुपर्ने अवस्था रहेका अन्य विद्यालयहरुलाई इटहरी उपमहानगरपालिकामा शिक्षा महाशाखामा सम्पर्क गर्न पत्र समेत काटिएको छ । अब उप्रान्त इटहरीमा छात्रबास सञ्चालन गर्न मापदण्ड पूरा गर्नुपर्ने,इटहरी उपमहानगरपालिका शिक्षा महाशाखाबाट अनुमती लिनुपर्ने, छात्रबासमा बस्ने विद्यार्थीहरुको विस्तृत विवरण इटहरी उपमहानगरपालिकामा बुझाउनुपर्ने र ५ बर्ष भन्दा मुनिका बालबालिकाहरुलाई छात्रबासमा राख्न नपाईने नगर प्रमुख पौडेलले बताउनुभएको छ ।
